सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बर्दिया, महोत्तरी, नवलपरासी (पश्चिम), कपिलवस्तु र सिरहाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो। घटनामा एक जना घाइते भएका छन्।

बर्दियाको गुलरिया नगरपालिका–१२ गणेशपुरस्थित सडकमा भे.१ च १०३७ नम्बरको पिकअफ भ्यानले बुधबार साँझ साईकललाई ठक्कर दिँदा साईकलयात्री गुलरिया नगरपालिका–११ बस्ने ३५ वर्षीय अलि अहमद भाटको घटनास्थलमै मृत्यु भएको छ। पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरीको गौशाला नगरपालिका–२ निगोल पानी ट्याङ्कीस्थित सडकमा सोही स्थान बस्ने १४ वर्षीय बालकले चलाएको साइकलबाट खसेर साइकल पछाडी सवार २२ वर्षीया निकी मण्डलको ७ महिनाको छोरा निकियम मण्डलको बुधबार दिउँसो मृत्यु भएको छ।

साइकलबाट खसेर गम्भीर घाइते भएका निकियम मण्डलको प्राथमिक स्वास्थ्य केन्द्र गौशाला हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो।

नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–११ जमुवाडस्थित सडकमा ना.२ क २०९ नम्बरको ट्रकले लु.४५ प ८७४१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही ओमसतिया गाउँपालिका–४ बस्ने २४ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी पाल्हिनन्दन गाउँपालिका–४ बस्ने १९ वर्षीया प्रीति चौधरीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१० गलहा पुलस्थित सडकमा लु.१ ह २६४५ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार रुपन्देही गैडहवा गाउँपालिका–४ पौवा बस्ने ४० वर्षीय दया शंकर चामारको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका चालक सहित ४ जनाको स्थानीय यादव मेडिकल हल मिलनचोकमा उपचार भएकोमा २ जना उपचार पश्चात डिस्चार्ज भएका छन्। अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहाको सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा स.४ प ४६१० र स.४ प ७९२१ नम्बरको दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकहरूको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा स.४ प ४६१० नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–९ गुलरीया बस्ने ३५ वर्षीय सिल्टु ठाकुर र अर्का मोटरसाइकल चालक धनगढीमाई नगरपालिका–१० बस्ने ५१ वर्षीय दिपक कुमार पंजियार रहेका छन्।

ठाकुरको उपचारको लागि लहानतर्फ लैजाँदै गर्दा बाटोमै र पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो।

साथै ठाकुरको मोटरसाइकलमा सवार गुलरीया बस्ने जितेन्द्र महरा भन्ने ३५ वर्षीय शिव कुमार महराको भूमिजा अस्पताल लहानमा उपचार भईरहेको छ। दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्