लागूऔषधसहित पक्राउ <p>बर्दिया।&nbsp;गुलरिया नगरपालिका&ndash;११ गणेशपुरचोकबाट भारत उत्तर प्रदेश बस्ने ४२ वर्षीय ईरसाद अहमदलाई ९.५८० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।</p> <p>सोही ठाउँस्थित खटिएको प्रहरीले भे.५ प ३९२३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथमा रहेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्