हँसिया प्रहार गरी श्रीमतीको हत्या
<p>अछाम। हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा अछामको साँफेबगर नगरपालिका-१३ बस्ने ५२ वर्षीय दिपक बहादुर कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p>
<p>कुँवरले आफ्नै श्रीमती ४६ वर्षीया धन देवी कुँवरलाई गोठालो गएका बेला घरायसी विवादका कारण हँसिया प्रहार गरी हत्या गरेका थिए। उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घुघुरकोट र ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p>घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
