बन्चरो प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पक्राउ <p>काठमाडौं।&nbsp;बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा काभ्रेको नमोबुद्ध&nbsp;नगरपालिका&ndash;८ दाप्चा बजार स्थित गैरापाटी बस्ने ४३ वर्षीय सुदर्शन अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p> <p>अधिकारीले उनकै बुहारी ३५ वर्षीया रन्जना तिमल्सिनालाई घरायसी विवादको कारण बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p>घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्