काठमाडौं। ललितपुरको पुल्चोकमा सवारी व्यवस्थापनमा खटिएका एक ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट भएको छ। रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झपडपछि युवाहरूले ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेका हुन्।

उनी सवार मोटरसाइकल थुतेर कुटपिट गर्नुका साथै उनको मोटरसाइकलमा पनि आगो लगाएको महानगरीय महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। कुटपिटमा संलग्नको खोजी गरेर कारवाही गरिने उनको भनाइ छ। कुटपिट गरिएका घिमिरेलाई प्रहरीले उद्धार गरेको थियो।

कोरोना महामारी नियन्त्रण गर्न ललितपुर प्रशासनले पनि त्यहाँ निषेधाज्ञा जारी गरेको छ। प्रशासनको निषेधाज्ञाकाबीच केही युवाले मच्छिन्द्रनाथको रथ तानेका थिए। लगत्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुरक्षा निकायलाई रथ यात्रा रोक्न निर्देशन दिएका थिए। त्यहीक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर भीड तितर वितर पारेको थियो।

त्यही क्रममा आक्रोशित समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै प्रहरीको सवारीमा आगजानी गरेका थिए। ललितपुर प्रहरीले कुटपिटमा संलग्नहरूको खोजी थालेको छ। काठमाडौं उपत्यकामा तीनै जिल्लामा भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी छ। निषेधको क्रममा रथ नतान्न स्थानीय प्रशासनले आग्रह गर्दै आएको थियो।

तर, आज बिहानैदेखि स्वस्फूर्त रूपमा उत्रिएका युवाहरूले रथ तान्ने प्रयास गरेका थिए। त्यही क्रममा प्रहरीसँग झपड भएको हो।

" /> काठमाडौं। ललितपुरको पुल्चोकमा सवारी व्यवस्थापनमा खटिएका एक ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट भएको छ। रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झपडपछि युवाहरूले ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेका हुन्।

उनी सवार मोटरसाइकल थुतेर कुटपिट गर्नुका साथै उनको मोटरसाइकलमा पनि आगो लगाएको महानगरीय महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। कुटपिटमा संलग्नको खोजी गरेर कारवाही गरिने उनको भनाइ छ। कुटपिट गरिएका घिमिरेलाई प्रहरीले उद्धार गरेको थियो।

कोरोना महामारी नियन्त्रण गर्न ललितपुर प्रशासनले पनि त्यहाँ निषेधाज्ञा जारी गरेको छ। प्रशासनको निषेधाज्ञाकाबीच केही युवाले मच्छिन्द्रनाथको रथ तानेका थिए। लगत्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुरक्षा निकायलाई रथ यात्रा रोक्न निर्देशन दिएका थिए। त्यहीक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर भीड तितर वितर पारेको थियो।

त्यही क्रममा आक्रोशित समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै प्रहरीको सवारीमा आगजानी गरेका थिए। ललितपुर प्रहरीले कुटपिटमा संलग्नहरूको खोजी थालेको छ। काठमाडौं उपत्यकामा तीनै जिल्लामा भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी छ। निषेधको क्रममा रथ नतान्न स्थानीय प्रशासनले आग्रह गर्दै आएको थियो।

तर, आज बिहानैदेखि स्वस्फूर्त रूपमा उत्रिएका युवाहरूले रथ तान्ने प्रयास गरेका थिए। त्यही क्रममा प्रहरीसँग झपड भएको हो।

"> पुल्चोकमा ट्राफिक प्रहरीमाथि कुटपिट, प्रहरीले गर्‍यो उद्धार: Dekhapadhi
पुल्चोकमा ट्राफिक प्रहरीमाथि कुटपिट, प्रहरीले गर्‍यो उद्धार
काठमाडौं। ललितपुरको पुल्चोकमा सवारी व्यवस्थापनमा खटिएका एक ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट भएको छ। रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झपडपछि युवाहरूले ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेका हुन्।

उनी सवार मोटरसाइकल थुतेर कुटपिट गर्नुका साथै उनको मोटरसाइकलमा पनि आगो लगाएको महानगरीय महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। कुटपिटमा संलग्नको खोजी गरेर कारवाही गरिने उनको भनाइ छ। कुटपिट गरिएका घिमिरेलाई प्रहरीले उद्धार गरेको थियो।

कोरोना महामारी नियन्त्रण गर्न ललितपुर प्रशासनले पनि त्यहाँ निषेधाज्ञा जारी गरेको छ। प्रशासनको निषेधाज्ञाकाबीच केही युवाले मच्छिन्द्रनाथको रथ तानेका थिए। लगत्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुरक्षा निकायलाई रथ यात्रा रोक्न निर्देशन दिएका थिए। त्यहीक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर भीड तितर वितर पारेको थियो।

त्यही क्रममा आक्रोशित समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै प्रहरीको सवारीमा आगजानी गरेका थिए। ललितपुर प्रहरीले कुटपिटमा संलग्नहरूको खोजी थालेको छ। काठमाडौं उपत्यकामा तीनै जिल्लामा भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी छ। निषेधको क्रममा रथ नतान्न स्थानीय प्रशासनले आग्रह गर्दै आएको थियो।

तर, आज बिहानैदेखि स्वस्फूर्त रूपमा उत्रिएका युवाहरूले रथ तान्ने प्रयास गरेका थिए। त्यही क्रममा प्रहरीसँग झपड भएको हो।

प्रतिक्रिया दिनुहोस्