ज्यान मार्ने उद्योग मुद्दाका फरार व्यक्ति पक्राउ <p>कैलाली।&nbsp;ज्यान मार्ने उद्योग मुद्दाका फरार जानकी गाउँपालीका&ndash;१ बस्ने ३३ वर्षीय धन शाहीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।</p> <p>शाहीलाई जिल्ला अदालतको २०७१ जेठ २७ गतेको फैसलाले ५ वर्ष कैद ठहर गरेको थियो।</p> <p>जानकी गाउँपालिका&ndash;१ बस्ने धन बहादुर चौधरीलाई सोही ठाउँस्थित दुर्गौलीतर्फ जाने बाटोमा होली पर्वको कार्यक्रम हेर्न गईरहेको समयमा केही व्यक्तिहरुले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा शाही संलग्न रहेको ठहर अदालतले गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्