बिना इजाजतको औषधि सहित ३ जना पक्राउ
<p>सुनसरीश्र बिना इजाजतको औषधिसहित ३ जनालाई हरिनगर गाउँपालिका-२ बाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अंसारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन्।</p>
<p>बिना इजाजतका विभिन्न औषधि लिई मानिसहरु आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा अख्तर मियालाई २ हजार ९ सय ८० ट्याबलेट निमोस–पी, ४ हजार ९ सय ८० क्याप्सुल भाईवेल, ८ सय ट्याबलेट जेङ्ग्रा रेड, ८ ट्याबलेट स्पास्मो प्रोक्सीभन र ६० ट्याबलेट नाइट्राभेट सहित पक्राउ गरेको हो।</p>
<p>यसैगरी एहसान अन्सारीलाई ४३ थान ल्याबोट इन्जेक्सन, १ सय २० क्याप्सुल पुरुष जिवन क्याप्सुल, १ सय ९५ थान डेरमिकेम ओसी मलम, १२ हजार ट्याबलेट सेस्टोल, ७ सय ९० क्याप्सुल पान्टोप्राजोल, १४ हजार ट्याबलेट एसिलोरलाम, ४ सय ट्याबलेट जेनिग्रा रेड–१००, ३ हजार ५ सय ९० ट्याबलेट पि४०–डी सहित पक्राउ गरेको होश्र</p>
<p>उनीहरूलाई आवश्यक कारवाहीको लागि औषधी विभागको कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
