काठमाडौं। निषेधाज्ञाकै बीच युवाहरूले तानेको रातो मच्छिन्द्रनाथको रथ प्रहरीले रोकेको छ। त्यस क्रममा भएको झडपमा प्रहरीले अश्रुग्यासमेत प्रहार गरेको छ।
कोरोना महामारी नियन्त्रका लागि जारी गरिएको निषेधाज्ञाका कारण लामो समयदेखि रथ तान्ने काम रोकिएको थियो। तर, आज बिहान स्थानीयहरू स्वतःस्फूर्त रूपमा रथ तान्न निस्किएका थिए। युवाहरूले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए।
प्रहरीले रथ तान्न नदिने भन्दै रोक्न खोजे पनि युवाहरूले जबरजस्ती रथ तान्न सुरु गरेका थिए। पुल्चोकस्थित रथ राखिएको स्थानबाट रथ करिब २०–३० फिट तानेपछि प्रहरीले पुनः रोकेको थियो। ठूलो संख्यामा परिचालित प्रहरीले रथ तान्न र हेर्न जम्मा भएको भीड नियन्त्रण गर्न अश्रुग्याससमेत प्रहार गरेको थियो ।
आज रथ तानेर गावहालसम्म पुर्याउने तयारी गरिएकोमा प्रहरी अवरोधपछि पुल्चोकमै रोकिएको छ। यता जिल्ला प्रशासन कार्यालयले रथ तान्न नदिने जनाएको छ। गुठी संस्थानले रथ तान्ने विषयमा निर्णय गर्न आजै बैठक बोलाएको छ।
स्थानीयबासीले भने सरकारले महामारीको नाममा जात्रा रोकेर परम्परामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनीहरुले सामाजिक दूरी कायम गरेर रथ तान्न दिनुपर्ने माग गरेका छन्।
" /> काठमाडौं। निषेधाज्ञाकै बीच युवाहरूले तानेको रातो मच्छिन्द्रनाथको रथ प्रहरीले रोकेको छ। त्यस क्रममा भएको झडपमा प्रहरीले अश्रुग्यासमेत प्रहार गरेको छ।कोरोना महामारी नियन्त्रका लागि जारी गरिएको निषेधाज्ञाका कारण लामो समयदेखि रथ तान्ने काम रोकिएको थियो। तर, आज बिहान स्थानीयहरू स्वतःस्फूर्त रूपमा रथ तान्न निस्किएका थिए। युवाहरूले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए।

">