कैलाली। गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई आज फिर्ता बोलाएको छ। खतिवडाको आज त्यहाँबाट सरुवा भएको छ ।
सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकारभन्दा बाहिर गएर अभिव्यक्ति दिएकोमा प्रजिअ खतिवडाप्रति असन्तुष्ट गृह मन्त्रालयले आजै बिहान उनलाई कञ्चनपुबाट सरुवा गरेको हो।
नयाँ मुलुकका रुपमा नेपालमा गाभिएयता नै कैलालीको मातहतमा रहेको गौरीफन्टा नाका कैलालीका प्रजिअसँग समन्वय नै नगरी कब्जामा लिएर सुरक्षाटोली राखेका प्रजिअ खतिवडाले त्यसपछि पनि आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर भन्सार स्थापना गर्ने, सेनासम्म भन्सारमा परिचालन गर्ने अभिव्यक्ति दिएका थिए ।
गृहमन्त्रालयसँग अनुमति नलिएरै प्रजिअ खतिवडाले गौरीफन्टा भन्सारमा सशस्त्र प्रहरीको अस्थायी बीओपी स्थापना गरेका थिए। जबकी त्यहाँ कैलालीका तर्फबाट पहिलेदेखि नै सशस्त्रको बीओपी थियो।
" /> कैलाली। गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई आज फिर्ता बोलाएको छ। खतिवडाको आज त्यहाँबाट सरुवा भएको छ ।सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकारभन्दा बाहिर गएर अभिव्यक्ति दिएकोमा प्रजिअ खतिवडाप्रति असन्तुष्ट गृह मन्त्रालयले आजै बिहान उनलाई कञ्चनपुबाट सरुवा गरेको हो।

">