धनगढी। सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तीमा पनि एउटा क्याम्पसलाई नमुना क्याम्पसको रूपमा स्तरोन्नति गर्न लागिएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले नमुना क्याम्पसको रूपमा स्तरोन्नति गर्न लागि प्रदेशका सबै ९ जिल्लामा एक/एक वटा क्याम्पस छनोट गरेको छ।
छनोट भएका क्याम्पसमा कैलालीको घोडाघोडी, कञ्चनपुरको महाकाली, डोटीको केदारज्योति कुञ्ज र डडेलधुराको त्रिवेणी बहुमुखी क्याम्पस छन्।
बैतडीको जगन्नाथ, दार्चुलाको दार्चुला, बझाङको सुनकुडा, बाजुराको बाजुरा र अछामको अछाम बहुमुखी क्याम्पस पनि नमुना क्याम्पसका रूपमा स्तरोन्नति गर्न छनोट गरिएको छ।
मन्त्रालयको उच्च शिक्षा शाखाका अधिकृत जयदेव महराले जिल्लामा सञ्चालित क्याम्पसमध्ये कम्तीमा पनि एउटा क्याम्पसलाई नमुना क्याम्पसको रूपमा स्तरोन्नति गर्नका लागि विश्वविद्यालय आयोगले बनाएको मापदण्ड, तोकिएका ५८ वटा विभिन्न सूचकहरू र क्याम्पसले भरेको स्वमूल्याङ्कन फारामका आधारमा क्याम्पसहरू छनोट गरिएको बताए।
उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने प्रदेश सरकारको नीति बमोजिम छनोटमा परेका क्याम्पसलाई नमुना क्याम्पसमा स्तरोन्नति गर्ने पहल थालिएको हो।
यसका लागि मन्त्रालयले ‘नमुना क्याम्पस तथा व्यवस्थापन सम्बन्धी निर्देशिका,२०७७’ तयार गरिरहेको छ। रासस
" /> धनगढी। सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तीमा पनि एउटा क्याम्पसलाई नमुना क्याम्पसको रूपमा स्तरोन्नति गर्न लागिएको छ।प्रदेशको सामाजिक विकास मन्त्रालयले नमुना क्याम्पसको रूपमा स्तरोन्नति गर्न लागि प्रदेशका सबै ९ जिल्लामा एक/एक वटा क्याम्पस छनोट गरेको छ।

">