काठमाडौं। ‘‘मैले सर्वश्रेष्ठ रचना लेख्न बाँकी नै छ। त्यो लेखेपछि आफ्नो कलमलाई आराम दिनेछु,’’ लेखक मनोरञ्जन व्यापारी जब यसो भन्छन् तब उनको आँखाको चमक अचानक बढ्छ। मनोरञ्जनको परिचय दिइरहनु अब आवश्यक छैन।
भारत विभाजनपश्चात् तत्कालीन पूर्वी पाकिस्तानको बरिशाल जिल्लामा जन्मिएका उनी शरणार्थी बनेर भारत आए। कयौं शरणार्थी शिविरमा बसे।
होटेलमा जुठा भाँडा माझ्नु, नक्सलवादी आन्दोलनका कारण २६ महिना जेलमा बस्नु र फेरि दुई छा खानका लागि रिक्सा चलाउनुदेखि लिएर अहिले शीर्ष साहित्यकारको सूचीमा पर्नु उनको कहानी हो। यति भोगिसक्दा पनि उनको जिजीविषा कम भएको छैन।
यो ‘जिजीविषा’ भन्ने शब्दले उनको जीवनमा ठूलो महत्व राख्छ। यही शब्द उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ साबित भएको छ। मनोरञ्जनकालको जीवन सडकबाट साहित्यको शिखरसम्म पुग्नुको अनौठो कथा छ।
उनले दुई दशकभन्दा बढी समय भान्छामा काम गरे। तर जब शरीर थाक्न थाल्यो, उनले ममता बनर्जीसँग अर्को कुनै काम दिन अनुरोध गरे। उनको लेखनलाई ध्यानमा राख्दै सरकारले यही साता उनलाई पुस्तकसँगै बाँच्ने मौका दिएको छ।
मुख्यमन्त्री ममताको निर्देशनमा मनोरञ्जनलाई स्कुलको भान्छेबाट जिल्ला पुस्तकालयको लाइबे्रेरियन बनाइएको छ। अब उनले पुस्तकालयमा किताबहरुसँग बस्न पाउने भएका छन्।
संघर्षको शिखर
देश विभाजनको करिब ६ वर्षपछि (१९५३) मा मनोरञ्जन आफ्ना परिवारसँग बरिशाल (हालः बंगलादेश)बाट शरणार्थी बनेर पश्चिम बंगालको बांकुडास्थित शिविरमा पुगेका थिए। केही दिनपछि नै उनलाई मानिसहरुले त्यहाँबाट दण्डकारण्य जान निर्देशन दिए। तर मनोरञ्जनलाई उनका पिताले त्यता नजान भने। त्यसपछि शुरू भयो संघर्षको अन्त्यहीन सिलसिला।
उनी सानै उमेरमा चियापसलमा काम गर्न थाले। उनले भोकका कारण आफ्नी बहिनी मरेको देखेका थिए। त्यसपछि दार्जिलिङ, जलपाइगुडी, गुवाहाटी, लखनऊ र बनारसजस्ता शहरमा गएर काम गरे। तर, उनको मन कहीँ अडिएन, फर्किएर कलकत्ता आए। त्यसपछि उनी नक्सल आन्दोलनमा जोडिन पुगे। पक्राउ परे र २६ महिना जेलमा कोचिए।
पढ्ने क्रममा उनले पहिलो पटक जिजीविषा शब्द भेटे र त्यसमा घोरिन थाले। संयोगले त्यही साता रिक्सा चढ्न आइपुगिन् महाश्वेता, जोसँग मनोरञ्जनले जिजीविषा शब्दको अर्थ सोधे।
जेलबाट निस्केपछि उनले कलकत्ताको जाधवपुर रेल्वे स्टेसनवरपर रिक्सा चलाउन थाले। रिक्सा चलाउँदै गर्दा उनको भेट एक महिला यात्रीसँग भयो। त्यो भेटले नै उनको जीवनको दिशा नै बदलिदियो। ती महिला आदिवासीको हकको लडाइँ लडिरहेकी थिइन् र लेखनमा प्रसिद्धि कमाइसकेकी थिइन्। उनी थिइन्, महाश्वेता देवी।
मनोरञ्जनले हिम्मत जुटाउँदै ती महिलासँग जिजीविषा शब्दको अर्थ सोधे। उनले अर्थ बताइन्, साथै मनोरञ्जनको अतीतको पाना पनि पल्टँदै जान थाल्यो। महाश्वेताले रिक्सावालालाई आफ्नो पत्रिका ‘बर्तिका’मा जीवन संघर्षको कथा लेख्न भनिन्। त्यो १९८१ को समय थियो।
मनोरञ्जन भन्छन्, ‘‘महाश्वेता देवीसँगको त्यो भेटले मेरो जीवनको दिशा र दशा नै बदलियो। उनीसँग मेरो भेट यदि नहुँदो हो त अहिलेसम्म पनि म रिक्सा नै चलाइरहेको हुने थिएँ।’’ बर्तिकामा लेख छापिँदै गर्दा अन्य बंगाली पत्रिकामा पनि उनका रचना प्रकाशित हुन थाले। पूरै बंगालले उनलाई चिन्दै गयो।
उनी जेलमा रहँदा एकजना जेलर र कैदीले पनि उनलाई लेखनमा प्रेरणा दिए। शब्दहरुसँग उनको परिचय खासमा कलकत्ताको अलिपुर जेलमा रहँदा सुरु भएको थियो। त्यही जेलबाट निस्केपछि उनले रिक्सा चलाउन थाले र सोही क्रममा महाश्वेतासँग भेट भयो।
आम्दानी कम थियो, उनी पुराना किताब किनेर ल्याउँथे र धमिलो प्रकाशमा त्यो पढ्थे र बुझ्ने प्रयास गर्थे। पढ्ने क्रममा उनले पहिलो पटक जिजीविषा शब्द भेटे र त्यसमा घोरिन थाले। संयोगले त्यही साता रिक्सा चढ्न आइपुगिन् महाश्वेता, जोसँग मनोरञ्जनले जिजीविषा शब्दको अर्थ सोधे।
समयक्रममा महाश्वेता मनोरञ्जनको साहित्यिक संरक्षक बन्न पुगिन्। महाश्वेताको प्रभाव मनोरञ्जनमा यति पर्न गयो कि उनले आफ्नी छोरीको नामसमेत महाश्वेता राखे।
उनी भन्छन्, ‘‘रिक्सा चढ्नेहरुले जब मेरो पढ्ने आदतबारे थाहा पाए, तब कतिपयले त मलाई पुराना किताब ल्याएर दिए। त्यसरी गोर्कीदेखि लिएर शरतचन्द्र अनि रविन्द्रनाथको किताब मैले पाएँ।’’
महाश्वेतासँग जिजीविषाको अर्थ सोध्ने विचार कसरी आयो? यो प्रश्नको उत्तरमा मनोरञ्जन भन्छन्, ‘‘मलाई लाग्यो उनी कुनै प्रोफेसर हुन्। त्यसैले हिम्मत गरेर सोधेँ।’’ महाश्वेताले त्यो दिन उनलाई कुनकुन किताब पढ्यौ भनेर सोधेकी थिइन्। त्यतिबेलासम्म उनले चार सयभन्दा बढी किताब पढिसकेका थिए। केही किताबको नाम उनले महाश्वेतालाई बताएका थिए।
उनी थप्छन्, ‘‘जब ती महिलाले उनको पत्रिकामा लेख्न भनिन्, तब मलाई थाहा भयो कि उनी महाश्वेता देवी रहिछन्। त्यो समय म उनकै किताब पढिरहेको थिएँ। मैले उनलाई उनकै किताब पनि देखाइदिएँ।’’

झण्डै गाडिएका
बाल्यकालको धूमिल सम्झना गर्दै मनोरञ्जन भन्छन्, ‘‘सीमापारिबात आएपछि सरकारले उच्च जातकालाई जमिन दिएर बस्ने व्यवस्था गर्यो। तर हामीजस्ता दलितलाई भने शरणार्थी शिविरमा ठाउँ दिइयो। शिविरमा खानेकुरा एकदम खराब थियो। हरेक दिनजसो महिला वा बच्चाको मृत्यु हुन्थ्यो। मृत्युका बीच बाँचिरहछु भन्ने लाग्थ्यो। शिविरको अलि परपट्टिको तलाउमा मृतकको अन्तिम संस्कार गरिन्थ्यो, त्यहाँको चिताको आगो कहिल्यै निभ्दैनथ्यो।’’
संक्रामक रोग फैलिएको थियो। सोही कारण एकदिन त मनोरञ्जलाई पनि मृत ठानियो। उनको शरीर भोलिपल्ट गाड्ने योजना बन्यो। तर कुनै कारण उनको स्वास पुनः फर्कियो। उनको जीवनमा संघर्ष त्यही दिनबाट सुरु भयो। यिनै संघर्ष उनको रचनाकर्ममा पनि झल्कन्छ।
‘‘यो मेरो सपनाको स्थान हो। दैनिक हजारौं पुस्तकले घेरिन पाउनु सपना साँचो हुनु हो। म आफूले चाहेजति पुस्तक पढ्न पाउँछु। यहाँ काम गर्नु भनेको मेरा निम्ति ड्युटी गर्नु होइन, पूजा गर्नु हो।’’
१९८१ मा सुरू भएको उनको साहित्ययात्राले अहिले निकै उचाइ छोइसकेको छ। उनका आत्मकथासमेत थुप्रै पुस्तक प्रकाशित छन्। कयौं पुरस्कार पाइसकेका छन् भने उनका पुस्तक अंग्रेजीमा समेत अनुवाद भइसकेको छ।
मनोरञ्जनको रचनामा दलित वर्गको संघर्ष र नक्सल आन्दोलनको विस्तारमा व्याख्या पाइन्छ। जब उनले भान्छा कोठाबाट पुस्तकालय पुग्न पाए, उनको जीवनमा ठूलो परिवर्तन आयो।
उनी भन्छन्, ‘‘यो मेरो सपनाको स्थान हो। दैनिक हजारौं पुस्तकले घेरिन पाउनु सपना साँचो हुनु हो। म आफूले चाहेजति पुस्तक पढ्न पाउँछु। यहाँ काम गर्नु भनेको मेरा निम्ति ड्युटी गर्नु होइन, पूजा गर्नु हो।’’
उनलाई एक वाक्यमा आफ्नाबारे बताउन अनुरोध गर्दा उनको जवाफ आउँछ, ‘‘अ राइटर इन दि एंगुइस (व्यथा–वेदना)। म आफ्नो क्रोधलाई काबुमा राख्दै निरन्तर लेखिरहेको छु। कतिपय कथा त दिमागबाट हराएका पनि छन्।’’
मनोरञ्जन अझै पनि आफ्नो लेखनीबाट सन्तुष्ट छैनन्। उनी भन्छन्, ‘‘मैले सर्वश्रेष्ठ कथा लेख्नै बाँकी छ। जुन दिन त्यो लेख्छु, आफ्नो कलमलाई आराम दिन्छु। म भविष्यको बारेमा, भविष्यका लागि थप उन्नत भविष्य बनाउन मद्दत गर्नका निम्ति लेख्छु।’’ (बीबीसी)
" /> काठमाडौं। ‘‘मैले सर्वश्रेष्ठ रचना लेख्न बाँकी नै छ। त्यो लेखेपछि आफ्नो कलमलाई आराम दिनेछु,’’ लेखक मनोरञ्जन व्यापारी जब यसो भन्छन् तब उनको आँखाको चमक अचानक बढ्छ। मनोरञ्जनको परिचय दिइरहनु अब आवश्यक छैन।भारत विभाजनपश्चात् तत्कालीन पूर्वी पाकिस्तानको बरिशाल जिल्लामा जन्मिएका उनी शरणार्थी बनेर भारत आए। कयौं शरणार्थी शिविरमा बसे।

">