कञ्चनपुर। गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि बेलौरी नगरपालिका-१ वैशाखीमा नेपाल-भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरूले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डमा खटी गएको १४ जनको टोलीमाथि भारतबाट अवैधरूपमा समान नेपाल भित्र्याउँदै गरको अवस्थामा तस्करले ढुङ्गामुढा प्रहार गर्नुका साथै गालीगलौच गरेका हुन्।
भारतबाट ल्याउँदै गरेको माछाको भुरा नियन्त्रणमा लिने क्रममा तस्करले ढुङ्गा मुढा प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले बताए। स्थानीयवासीको सहयोगपछि तस्करहरू भागेका छन्। सो क्रममा १६ हजार मूल्य बराबरको माछाका भुरा बरामद गरिएको छ।
सोमबार पनि बेलडाँडी गाँउपालिका-३ कालोपुल नजिक सीमा स्तम्भ नम्बर ७८४/५ र ७८४/६ को बीचमा सशस्त्र प्रहरी बल, बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमान्डमा गस्तीमा रहेको टोलीमाथि १०/१५ जना भारतीय तस्करले नेपालतर्फ सामान भित्र्याउन खोज्दा नियन्त्रणमा लिने क्रममासमेत सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। रासस
" /> कञ्चनपुर। गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि बेलौरी नगरपालिका-१ वैशाखीमा नेपाल-भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरूले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन्।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डमा खटी गएको १४ जनको टोलीमाथि भारतबाट अवैधरूपमा समान नेपाल भित्र्याउँदै गरको अवस्थामा तस्करले ढुङ्गामुढा प्रहार गर्नुका साथै गालीगलौच गरेका हुन्।

">