काठमाडौँ। आज-भोलि पाँच बज्न नपाउँदै प्रविन बस्नेतका आँखा खुल्छन्। सानेपा बस्ने प्रविन ६ बज्दा कलंकीको नेपाल नेशनल हस्पिटल पुगिसकेका हुन्छन्। राति घर फर्कन पनि अवेर हुन्छ।
कोरोना महामारीको त्रासका बीच यस्तो दौडधुपपूर्ण दैनिकी बस्नेतको बाध्यता होइन, मानव भएर जन्मिएपछि त्यससँगै आउने जिम्मेवारी बोधले जगाएको रहर हो।
केही दिनयता नेपाल स्काउट, नेपाल चिकित्सक संघ, हिसान लगायतको सहकार्यमा स्वास्थ्यकर्मीको लागी निःशुल्क यातायात सेवा शुरू भएको छ। बस्नेत र उनीजस्तै अरु १२ जना स्काउटहरू साँझ-बिहान स्वास्थ्यकर्मीको सेवामा व्यस्त हुन्छन्।
.jpg)
स्नातकोत्तर तहमा अध्ययनरत बस्नेत इन्फो डिभेलपर कम्पनीमा कार्यरत छन्। दैनिक भयावह रूप लिइरहेको कोरोना भाइरस संक्रमणका कारण परिवार र आफन्तले उनलाई घर बाहिर निस्कन रोक्न खोज्छन्।
तर, सेवा भावनाले ओतप्रोत उनको युवा मन आफूमात्र घरभित्र सुरक्षित बस्नै मान्दैन। र निस्कन्छन्, संक्रमितको जीवन बचाउन आफ्नै ज्यान दाउमा हालेर दिनरात कार्यरत स्वास्थ्यकर्मीको सेवा गर्न।
“केही समययता स्वास्थ्यकर्मीलाई मानिसले अभद्र व्यवहार गर्न थालेका छन्। उनीहरू अभद्र व्यवहार होइन, सम्मानका हकदार हुन्। त्यसैले हामीले स्वास्थ्यकर्मीहरूको सम्मानस्वरूप यातायातको सेवा दिन शुरू गरेका हौं। यो कामले हामीलाई आत्मसन्तुष्टि हुन्छ,” यसअघि पनि भूकम्प, बाढीपहिरोजस्ता विपदका बेला उद्धारमा खटिएको अनुभव भएका बस्नेतले भने।
बस्नेत हरेक विहानको पहिलो बसको रुटमा खटिन्छन्। न्यूरो अस्पतालबाट शुरू हुने यातायात सेवा टिचिङ, कान्ति बाल, थापाथली, पुल्चोक अस्पताल हुँदै पाटन आइपुग्छ। उनी भन्छन, “हामीले तोकेको अस्पतालअघि स्वास्थ्यकर्मीलाई पाँच मिनेटसम्म पर्खन्छौँ। अझै जानकारी नपुगेको ठाँउमा त आफै गएर पनि भन्छौँ।”
स्काउटका पिता लर्ड वेडेन पावेलको ‘यो विश्वलाई जस्तो तिमी पाउँछौँ त्योभन्दा राम्रो बनाउने प्रयत्न गर। ताकी तिम्रो उपलब्धीले मर्ने बेला तिमीलाई खुशी बनाउन सकोस्’ भन्ने भनाईबाट प्रेरित अर्का स्काउट विश्वनाथ बाँनिया चावहिलमा परिवारसँगै बस्छन्। कोरोनाबाट आफू र परिवारलाई सुरक्षित राख्ने स्वास्थ्य सामाग्री लगाएर हरेक दिनको ४ बजे उनी कार्य क्षेत्रमा निस्किछन्।
दिनरात नभनी स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीको सेवा गर्न पाउँदा उनलाई गौरव महशुस हुन्छ। “हामीले लगेको बस अस्पतालबाटै चढ्न पाउँदा मास्कले ढाकिएको स्वास्थ्यकर्मीको अनुहारमा खुशी प्रकट हुन्छ। त्यसले हामीलाई आत्मसन्तुष्टी मिल्छ,” २५ वर्षे बाँनिया भन्छन्, “घरबाट त नहिड भन्नुहुन्छ। तर धेरैले स्वास्थ्यकर्मीलाई हेला गरको समाचार सुनियो, हामीले त सम्मान गरेर उदाहरण दियौँ।”
बाँनिया वेलुकीको रुटमा काठमाडौँका चारभन्दा बढी अस्पतालको गेट अघि पुग्ने गर्छन। ड्युटीमा उनको काम बसमा चढ्ने र ओर्लने बेला स्वास्थ्यकर्मीलाई स्यानिटाइजर लगाइदिने हो।
६ वटा बसले विहान र बेलुकै उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा दिइरहेका छन्।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. रितेश थापा काठमाडौं वाहिर पनि स्वास्थ्यकर्मीका लागि यस्तो सेवा उपलब्ध गराउनुपर्ने बताउँछन्। भन्छन्, “काठमाडौँ मात्र नभएर नेपालभर नै यो अभियान संचलान गर्न हामी प्रयास गरिरहेका छौँ। यस्तो कामले स्वास्थ्यकर्मीको हौसला बढ्ने हाम्रो अपेक्षा छ।”
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सवारीसाधनको अभावकै कारण सेवा दिनमा बाधा नपरोस भनेर निःशुल्क यातायात सेवा दिन थालेको बताए। तत्कालका लागि थोरै स्वयमसेवक खटिएको भए पनि आवस्यकताअनुसार थप स्वयमसेवकहरू सेवाका लागि तयार रहेको उनले जानकारी गराए।
यातायात सेवा उपलब्ध गराउने अभियानको नेतृत्व गरिरहेका डा. थापाले यो अभियानबाट स्वास्थ्यकर्मीको हौसला बृद्धि गर्ने विश्वास व्यक्त गरे। भदौ ६ गते राजधानीको बानेश्वरस्थित मिलन चोकमा स्थानीय वासिन्दाले स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेर दुर्व्यवहार गरेको घटनाबाट अभियान चलाउन प्रेरित गरेको उनको भनाइ थियो।

स्काउट बस्नेतले स्वास्थ्यकर्मीको यातायात सेवामा खटिइरहँदा समाजमा अझै कुरूप सोच भएका व्यक्ति रहेको अनुभव गरेका छन्। “केही दिनअघि मात्र स्वास्थ्यकर्मीलाई घर र अस्पताल पुर्याएको देखेर धेरैले आश्चर्य व्यक्त गरे। त्यसैले समाजमा मानवता र शिष्टता प्रकट गर्न यस कार्यले उदाहरण पेश गर्ने र व्यक्तिहरूको सोच बदल्ने मेरो विश्वास छ,” उनले भने।
निःशुल्क यातायात सेवाको अभियानबारे स्वास्थ्यकर्मीहरूले थप जानकारी लिनु परे वा सेवा चाहिए ११४७ नम्बरमा फोन गर्न अभियानकर्मीले सुझाएका छन्।
" /> काठमाडौँ। आज-भोलि पाँच बज्न नपाउँदै प्रविन बस्नेतका आँखा खुल्छन्। सानेपा बस्ने प्रविन ६ बज्दा कलंकीको नेपाल नेशनल हस्पिटल पुगिसकेका हुन्छन्। राति घर फर्कन पनि अवेर हुन्छ।कोरोना महामारीको त्रासका बीच यस्तो दौडधुपपूर्ण दैनिकी बस्नेतको बाध्यता होइन, मानव भएर जन्मिएपछि त्यससँगै आउने जिम्मेवारी बोधले जगाएको रहर हो।

">