गलकोट। बागलुङको ढोरपाटन नगरपालिकामा बाढीले कम्तीमा १६ घर बगाएको छ।
बाढीबाट बेपत्ता भएकामध्ये अहिलेसम्म दुईजनाको शव भेटिएको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका इन्सपेक्टर प्रकाशसिंह भण्डारीले देखापढीलाई बताए।
"स्थानीयलाई उद्धृत गर्दै घटनास्थल पुगेको प्रहरीले बताए अनुसार। १२ देखि १६ जना सम्पर्कविहीन भएका छन्", उनले भने।
गएराति सुकुर्दुङ खोलामा आएको बाढी ९ बाट शुरू भएको बाढीले ८, ७, ६ र ५ नम्बर वडामा क्षति पुगेको छ।
आफूहरू घटनास्थलतर्फ जाँदै गरेको र बीच सडकमा पहिरोले अवरोध गरेकोले समय लाग्ने भण्डारीले जानकारी दिए।
स्थानीयवासीको सहयोगमा अहिले घटनास्थलमा बेपत्ताहरूको खोजी र उद्धारको काम भइरहेको छ। बाढीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए।
" /> गलकोट। बागलुङको ढोरपाटन नगरपालिकामा बाढीले कम्तीमा १६ घर बगाएको छ।बाढीबाट बेपत्ता भएकामध्ये अहिलेसम्म दुईजनाको शव भेटिएको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका इन्सपेक्टर प्रकाशसिंह भण्डारीले देखापढीलाई बताए।

">