हुम्लाको रोडिकोटमा भीषण आगलागी: १५ घर नष्ट, आगो अझै नियन्त्रण बाहिर
काठमाडाैं। हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका- ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ।

एक घरबाट सुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए।

बेलुकी करीब ६ बजेतिर एक्कासी गाउँमा आगलागी भएको जनाइएको छ। नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ।

पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन। आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए।

रासस

प्रतिक्रिया दिनुहोस्