प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान <p>काठमाडौं।&nbsp;प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायक रथीबाट उपरथीमा पदोन्नति भएका विनय विक्रम राणालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।</p> <p>सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच थापाले राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।</p> <p>यही भदौ १४ गतेको मन्त्रिपरिषद्को बैठकले राणालाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय लिएको थियो।</p> <p>उपरथी दर्जामा पदोन्नति भएका उपरथी राणालाई पश्चिम पृतना मुख्यालयको पृतनापतिको जिम्मेवारी दिइएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति&nbsp;रहेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्