राैतहट पुजारी हत्या प्रकरण: दुई जना आरोपी सार्वजनिक
काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ।
प्रदेश प्रहरी कार्यालय जनकपुरले ३६ वर्षीय रामनरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई सार्वजनिक गरेहेको हो।

उनीहरू दुबै जना रौतहटकै देवाही गोनाही नगरपालिका वडा नम्बर–२ करुनीयाका हुन्। प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अंशुकुमार सिंहले दुबै जनालाई बुधबार बोधिमाई नगरपालिका वडा नम्बर–७ को बडकी बंकुल क्षेत्रबाट पक्राउ गरिएको बताए।

पक्राउपछि प्रारम्भिक अनुसन्धानको क्रममा राम नरेशले पुजारी साहलाई पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमारले मानिसहरूको आवातजावत निगरानी गरेको खुलेको डीएसपी सिंहले बताए।

हत्याको कारण भने आर्थिक र अन्य विवाद रहेको खुलेको छ। “राम नरेश पटेलको बुबाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको देखिन्छ”, डीएसपी सिंहले देखापढीसँग भने, “र, घटनाको तीन दिन अघि मन्दिर नजिक रहेको तीन वटा रक्सी पसलमा रक्सी सेवन गरी मन्दिरको धारामा खुट्टा धुँदा पनि पुजारीसँग विवाद भएको रहेछ, यिनै कारणले हत्या भएको रहेछ।”

प्रहरीका अुनसार हत्या घटनामा अरुको पनि संलग्नता देखिएको छ। उनीहरूको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

पुजारी साहको भदौ ३ गते राति हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्