१५ केजी गाँजा सहित पक्राउ <p>उदयपुर।&nbsp;ताप्ली गाउँपालिका-५ सल्ले बस्ने हुप बहादुर मगरलाई १५ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ।</p> <p>मगरले लागूऔषध गाँजा सञ्चय, ओसार पसार तथा किनबेच गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्