तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
<p>पर्वत। कुश्मा नगरपालिका-७ आचार्य चोकस्थित एटु खाजाघरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>उक्त खाजाघरमा तास खेलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले २ सय १२ पत्ति तास र २३ हजार १ सय ९० रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो।</p>
<p>उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कुश्मा पर्वतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
