दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुस्: प्रहरी महानिरीक्षक क्षेत्री
काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने र कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन लगायतका कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुपर्ने बताएका छन्।

हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा निर्देशन दिदैं प्रहरी महानिरीक्षक क्षेत्रीले उक्त कुरा बताएका हुन्।

प्रहरी अधिकृतहरू सरुवा भएको स्थानमा उच्च मनोबलका साथ उत्सुक भएर जानुपर्ने उनले बताए। “सरुवा भई जाने ठाउँमा अभिभावकको हैसियतले पूर्ण निष्ठावान् भई आ-आफ्नो कर्तव्य निर्वाह गरेमा असल र नेतृत्वदायी भूमिका ठहर्छ," उनले भने।

हिरासतमा भएका व्यक्तिहरूमाथि प्रहरीले गर्ने व्यवहार एवम् हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल गर्नुपर्ने उनले बताए।

प्रहरी महानिरीक्षक क्षेत्रीले अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकाय, स्थानीय निकाय र कानुन कार्यान्वयन गर्ने अन्य निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्