सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं। चितवन र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सडकमा बा १९ च ७६७७ नम्बरको बलेरो जीप र ग २ ख ४३१९ नम्बरको ट्रक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा जीप चालक धादिङ गजुरी गाउँपालिका-२ बस्ने ३० वर्षीय शंकर सेढाईंको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाईते भएका सेढाईको पूरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित सडकमा सोमबार साँझ को.८ प ९३०२ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल पहिचान नखुलेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी महिलाको धरान घोपामा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्