घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या <p>काठमाडौं।&nbsp;झापाको शिवशताक्षी नगरपालिका-११ सताक्षी धाम जाने बाटोमा सोही नगरपालिका मैनाचुली टोल बस्ने २८ वर्षीय गोमन सिंह मगर घाँटीमा धारिलो हतियार प्रहार गरी मारेको अवस्थामा बुधबार फेला परेका छन्।</p> <p>घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले हत्यामा संलग्न फरारहरूको खोजी&nbsp;गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।</p> <p>यस्तै, दाङको राप्ती गाउँपालिका-२ कटाहाघाटस्थित राप्ती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन्।</p>
प्रतिक्रिया दिनुहोस्