बलात्कारको अभियोगमा तीन जना पक्राउ

काठमाडौं। आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

आफ्नै छोरीलाई पटक-पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

झापामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बाह्रदशी गाउँपालिका-५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

मगरले ती बालिकालाई पटक-पटक जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

कास्कीमा २३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पोखरा महानगरपालिका-१० अन्नपूर्ण टोल बस्ने ५५ वर्षीय हरि बहादुर गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

ती महिलालाई डर, धाकधम्की देखाई गत शुक्रबार राति बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्