१६ वर्षअघि कारागारबाट फरार भएका दुई व्यक्ति पक्राउ
कैलाली। १६ वर्ष अघि कारागारबाट भागी फरार रहेका दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ।

डाँका चोरी मुद्दाका गौरिगंगा नगरपालिका-बस्ने ६२ वर्षीय चुलुवा चौधरी र कर्तव्य ज्यान मुद्दाका कैलारी गाउँपालीका-५ बस्ने ४८ वर्षीय पुरण प्रसाद कुमाल पक्राउ परेका हुन्।

डाँका चोरी मुद्दामा जिल्ला अदालत कैलालीको २०६६ असार २ गते चौधरीलाई ६ वर्ष कैद र ४ हजार १ सय ४७ रुपैयाँ ६५ पैसा जरिवाना ठहर गरेको थियो।

चौधरीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो। जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो।

गौरिगंगा नगरपालिका-२ स्थित स्थानीयको घरमा २०५८ माघ ४ गते राति हातहतियार सहित आएको समूहले नगद तथा धनमाल चोरी गरी फरार भएको घटनामा संलग्न चौधरीलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्य पश्चात कैलाली जिल्ला अदालतमा पेश गरिएको थियो।

अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाइएका उनी २०६१ माघ २७ गते कारागारबाट भागी फरार भएका थिए।

चौधरीलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीको २०६५ जेठ २० गतेको फैसलाले सर्वस्व सहित जन्म कैद भई फरार रहेका कुमाललाई सोमबार उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ।

कैलारी गाउँपालीका-५ बस्ने २३ वर्षीय राम बहादुर कुमाल घरमा एक्लै सुतेको अवस्थामा २०६१ कात्तिक ७ गते राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न पुरण प्रसादलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्य पश्चात कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार पठाएको थियो।

२०६१ माघ २७ गते उनी कारागारबाट भागेर फरार भएका थिए। जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायल र सर्वोच्च अदालतबाट समेत सदर भएको थियो।

कुमाललाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस्