कोरोनाबाट भारतमा ३७ लाख र विश्वभरी दुई करोड ५९ लाख सङ्क्रमित

नयाँदिल्ली। कोरोनाभाइरसबाट भारतमा कूल सङ्क्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ।

अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो।

तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा कूल सङ्क्रमितमध्ये झण्डै २९ लाख अर्थात् ७६.९८ प्रतिशत सङ्क्रमितहरू सङ्क्रमणमुक्त भएका छन्।

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६६ हजार ३३३ जनाको मृत्यु भएको छ। तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

भारतमा अहिले पनि आठ लाख एक हजार २८२ जना सङ्क्रमित अवस्थामै रहेका छन्।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म संसारभरी दुई करोड ५९ लाख २५ हजार ४७० जना संक्रमित भएका छन्। तीमध्ये अहिलेसम्म आठ लाख ६१ हजार ६६७ जनाको कोरोनाकै कारणले मृत्यु भइसकेको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्