अदालतबाट दोषी ठहर भएका २८ जना एकै दिन पक्राउ <p>कास्की।&nbsp;दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रहेका २८ जना प्रतिवादीलाई एकैदिन प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरूमा स्याङजा कोल्मा घर भई हाल पोखरा महानगरपालिका-२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र &nbsp;५० हजार रुपैयाँ जरिवाना तोकीएका २१ वर्षीय अनिल थापा मगर छन्।</p> <p>पोखरा महानगरपालिका-१० बस्ने बैंकिङ&nbsp;कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ र केही सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा बस्ने २६ जना प्रतिवादीहरु रहेका छन्।</p> <p>जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको उक्त कार्यालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्