सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ <p>मोरङ। विराटनगर महानगरपालिका-४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>केही व्यक्तिहरूले व्यापारीहरूलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को.३२ प ७५२५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्