वैशाख यता विपद्का घटनामा ३१७ जनाको मृत्यु
<p>काठमाडौं। वैशाख १ गते यता विपद्का घटनाबाट नेपालमा ३१७ जनाको मृत्यु भएको छ। ती घटनामा ७१ जना अझै वेपत्ता अवस्थामा छन् भने ३८८ जना घाईते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।</p>
<p>प्राधिकरणको तथ्याङ्क अनुसार पहिरो, बाढी र चट्याङका घटनामा उनीहरुको मृत्यु भएको हो। वैशाख यता सबैभन्दा पहिरोले मानीसको ज्यान लिएको छ।</p>
<p>यो वर्ष पहिरोका घटनामा परी २४५ जनाको मृत्यु, ५१ जना वेपत्ता र १९० जना घाइते भएका छन्। यस्तै बाढीका घटनामा वैशाख यता १७ जनाको मृत्यु, २० जना वेपत्ता र ७ जना घाइते भएका छन्।</p>
<p>यो वर्ष चट्याङ लागेर देशभर ५५ जनाको मृत्यु भइसकेको छ। चट्याङ लाग्दा १९१ जना घाईत भएको प्राधिकरणले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
