सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए )ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदीका पहिरो पीडितलाई ५ लाख आर्थिक सहयोग गरेको छ। पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग प्रदान गरेका हुन्।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रूपमा सहयोग हस्तान्तरण गरेका हुन्।

सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड–१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावीत भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र आएको बताए।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै भेटिएका छैनन्। पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पु¥याउँदा १५६ भन्दा बढी मानीसहरु प्रभावीत भएका थिए।

प्रतिक्रिया दिनुहोस्