‘भारतमा विपत्ति निम्त्याउने मोदी हुन्’
काठमाडौं। कांग्रेस नेता राहुल गान्धीले भारत मोदीनिर्मित विपत्तिसँग जुधिरहेको आरोप लगाएका छन्। उनले ट्विट गर्दै भारतमा जीडीपी गिरावट, बेरोजगारी, कोरोना मामिला, जीएसटी तथा सीमामा हमलाजस्ता ६ वटा विषय उठाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीका कारण यी विपत्तिहरु आइलागेको जिकिर गरेका हुन्।

उनले ट्विटमा लेखेका छन्, ‘‘मोदीनिर्मित विपत्तिसँग जुधिरहेको छ भारतः जीडीपीमा ऐतिहासिक गिरावट २३.९, ४५ वर्षमा उच्चस्तरमा बेरोजगारी, १२ करोडको नोकरी गुम्नु, कोरोनाबाट संसारमै सबैभन्दा बढी प्रभावित हुनु, जीएसटी सन्दर्भ र सीमामा बाहिरी आक्रमण।’’

राहुलले देशको अर्थव्यवस्थाको बिगँ्रदो हालत, कोरोनाको बढ्दो असर, भारत–चीन सीमामा तनावको सन्दर्भमा सरकारमाथि प्रश्न उठाउँदै आएका छन्। उनले यसअघि नोटबन्दी, जीएसटी र लकडाउनले अनौपचारिक क्षेत्र बर्बाद गरेको बताएका थिए।
(बीबीसी)

प्रतिक्रिया दिनुहोस्