काठमाडौं । काठमाडौंको गोंगबुमा भएको हत्यामा संलग्नताको आरोपित कल्पना मुडभरी पौडेलविरुद्ध आजीवन जन्मकैदको माग दाबी भएको छ।
जिल्ला अदालत काठमाडौंमा कल्पनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले जन्मकैदको माग दाबी गरेको हो।
२० दिनको अपराध अनुसन्धानपछि रोल्पाको रून्टीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको हत्या घटनामा कल्पनाको संलग्नता देखिएको प्रहरी दाबी छ। कसूर प्रमाणित हुने सबुत, प्रमाण र बयान पनि प्रहरीले संकलन गरेको जनाएको छ।
सोही आधारमा अदालतसमक्ष कल्पनाविरुद्ध जन्मकैदको माग दाबी गरिएको परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए।
“हामीले घटनाको अनुसन्धान गरिसक्यौं, सकेपछि सरकारी वकील कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा कल्पना मुडभरी पौडेलेविरुद्ध आजीवन जन्मकैदको माग दाबी गरेका छौं”, उनले देखापढीसँग भने, “हामीले अपराध अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण काम सकेकोले अब बाँकी सरकारी वकील कार्यालयमार्फत हुन्छ।”
कल्पनासँगै उनकी १५ वर्षीया छोरीविरुद्ध पनि प्रहरीले मुद्दा दायर गर्दै सजायको माग गरेको छ।
परिसर प्रवक्ता राठौरका अनुसार छोरीविरुद्ध भने सजायको माग कम भएको छ। कृष्णको शव व्यवस्थापनमा छोरीको भूमिका देखिएको प्रहरी निष्कर्ष छ।
गत २६ साउनमा कल्पनालाई चितवनबाट पक्राउ गरिएको थियो। पक्राउ गरेकै दिन कल्पनाले हत्या गरेको स्वीकारेकी थिइन्।
प्रहरीले उनलाई साउनको २७ गते सार्वजनिक गरेको हो। कृष्णको हत्या भने २५ साउन राति भएको थियो। उनको शव गोंगबुमा रहेको गणेश मन्दिर नजिकैकै नवज्योति मार्गमा फेला परेको थियो।
घटनाको अनुसन्धानमा शुरूआतदेखि नै संलग्न महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले कृष्णको हत्या कल्पनाले योजनाबद्ध ढङ्गले गरेको जनायो। र, हत्या घटनालाई आवेशप्रेरित नभएको पनि निष्कर्ष समेत निकालेको छ।
हत्यापूर्व फरार भएर जान चाँजोपाँजो मिलाउनु, कृष्णलाई मासु, चिउरा र भोड्का खान दिएर निद्रा लाग्ने ट्याब्लेट मिसाएको दही पनि दिनुले हत्यालाई आवेशप्रेरित मान्न नसकिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए।

“अपराध अनुसन्धान गर्ने क्रममा घटनालाई हामीले आवेशप्रेरित मान्ने गरिको देखेनौं, योजनाबद्ध नै भएको हो र प्रहरी परिसरमार्फत अदालतमा मुद्दा पुगिसेको छ”, उनले भने, “अब जे गर्छ अदालतले गर्छ, हामीले बोल्ने कुरा रहेन।”
कल्पनासँग बयान लिएपछि प्रहरीले जनाए अनुसार साउनको २५ गते कल्पनाले कृष्णलाई नवज्योतिमार्गस्थित आफ्नो कोठामा 'दारु' खान बोलाइन्। र, मासु र चिउरा तयार गरिन्। कृष्णलाई दारु (भोड्का) र दही ल्याउन लगाइन्।
आफू बस्ने गोंगबुस्थित एक होटलबाट कृष्ण माग भए अनुसारको सामान लिएर बा. ७२ प ५६४४ नम्बरको स्कुटरमार्फत कल्पनाको कोठामा पुगे।
त्यसबेला करिब साँझको ७ बजेको थियो। कृष्णले लगेको दहीमा कल्पनाले सुटुक्कै स्लिपिङ ट्याब्लेट पाँचवटा मिसाइन्। दही पिउन दिएर भोड्का पनि दिइन्।
तर, आफूले भने चलाखीपूर्वक पानी मिसाएर भोड्का खाएजस्तो मात्रै गरिन्।
बेहोस भएका कृष्णलाई ह्यामरले अण्डकोषमा हानिन्। त्यसपश्चात सलले घाँटी कसेर मृत्यु भइसकेको यकिन गरिसकेपछि शव फ्याँक्न सजिलोका लागि टुक्रा-टुक्रा बनाइन्। खुट्टा र टाउको जेब्रा झोला र बाँकी शरीर सुटेकेसमा हालेर फालिन्।
क्रुरतापूर्वक हत्या गर्नुको कारण कृष्णले बारम्बार आफू र छोरीलाई समेत यौन दुर्व्यवहार गर्ने गरेको र आफ्नो नामको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेको बताएकी छन्।
" /> काठमाडौं । काठमाडौंको गोंगबुमा भएको हत्यामा संलग्नताको आरोपित कल्पना मुडभरी पौडेलविरुद्ध आजीवन जन्मकैदको माग दाबी भएको छ।जिल्ला अदालत काठमाडौंमा कल्पनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले जन्मकैदको माग दाबी गरेको हो।

">