काठमाडौं। कोरोना महामारीले अष्ट्रेलियालाई पनि मन्दीको चपेटामा पारिदिएको छ। त्यो मुलुकले तीन दशकमा पहिलो पटक मन्दी भोगेको हो।
नयाँ आँकडाअनुसार यो वर्षको दोस्रो त्रैमासिकमा अष्ट्रेलियाको अर्थव्यवस्थामा ७ प्रतिशतको गिरावट आएको छ। पहिलो त्रैमासिकमा ०.३ प्रतिशतमात्रै गिरावट आएको थियो।
अष्ट्रेलियाको अर्थतन्त्रमा १९५९ पछि यो सबैभन्दा ठूलो गिरावट हो। लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आएपछिको अवस्थालाई ‘मन्दी’ भनिन्छ। अष्ट्रेलिया नै एउटा यस्तो ठूलो अर्थव्यवस्थायुक्त मुलुक हो, जुन २००८को विश्वमन्दीबाट बचेको थियो।
यसको मुख्य कारणमा चीनमा अष्ट्रेलियाको प्राकृतिक संसाधनको माग बताइएको छ। यो वर्षको सुरुआतमा त्यहाँको जंगलमा लागेको आगो र कोरोना संक्रमणले अर्थव्यवस्थामा नोक्सान पार्दै लगेको थियो।
लामो समयको लकडाउनले व्यापार-व्यवसाय चौपट हुन पुगेको छ। सरकार र केन्द्रीय बैंकले उठाएका कतिपय कदमले पनि अर्थव्यवस्थालाई मजबुत पार्न सकेको छैन।
वस्तु र सेवामा खर्च कम हुनाले पछिल्लो ६१ वर्षमा सबैभन्दा खराब आर्थिक वृद्धि हुन गयो। अष्ट्रेलियामा १९९० को मध्यतिर अन्तिम पटक आर्थिक मन्दी आएको थियो, त्यो १९९१ सम्म चल्यो।
(बीबीसी)
" /> काठमाडौं। कोरोना महामारीले अष्ट्रेलियालाई पनि मन्दीको चपेटामा पारिदिएको छ। त्यो मुलुकले तीन दशकमा पहिलो पटक मन्दी भोगेको हो।नयाँ आँकडाअनुसार यो वर्षको दोस्रो त्रैमासिकमा अष्ट्रेलियाको अर्थव्यवस्थामा ७ प्रतिशतको गिरावट आएको छ। पहिलो त्रैमासिकमा ०.३ प्रतिशतमात्रै गिरावट आएको थियो।

">