काठमाडौं। मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ ले सोह्रश्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ।
कोरोना महामारीका कारण जारी निषेधाज्ञानको समयमा पुण्यकर्म गर्न सहजताको लागि अनलाइन श्राद्ध सेवा शुरू गरिएको कम्पनीले जनाएको छ।
'कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा पण्डित/गुरुहरू घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज भएको छ', हाम्रो पात्रोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस किसिमको संकटपूर्ण घडीमा पितृहरुलाई सम्झिदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा ‘हाम्रो पात्रो’ले इन्टरनेटको प्रयोग गरी एपबाटै सीदा दान गर्ने विधि सार्वजनिक गरेको हो।'
यो सेवाअन्तर्गत हाम्रो पात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरूले घरमै बसी भिडिओ कलमार्फत् सीदा दानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन्।
हाम्रो अनलाइन ज्योतिष सेवाअन्तर्गत प्रविधिको प्रयोग गरी पितृ समर्पणको यो कार्य सोह्रश्राद्धभर जारी रहने बताइएको छ।
" /> काठमाडौं। मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ ले सोह्रश्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ।कोरोना महामारीका कारण जारी निषेधाज्ञानको समयमा पुण्यकर्म गर्न सहजताको लागि अनलाइन श्राद्ध सेवा शुरू गरिएको कम्पनीले जनाएको छ।

">