चिकित्सक संघको अध्यक्षमा कार्कीको उम्मेद्‌वारी
चिकित्सक कार्की अहिले संघको महासचिव हुन्।
आउँदो माघमा संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ। लोकतान्त्रिक चिकित्सक संघको आज बसेको बैठकले उनलाई सो पदमा उठाउने निर्णय गरेको हो।
संघका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित पूर्वअध्यक्षहरू चिकित्सक केदारनरसिंह केसी, अञ्जनीकुमार झा र चोपलाल भुषालसहितको टोलीले सर्वसम्मतरूपमा महासचिव कार्कीलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए।
यसअघि, चिकित्सक पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन्। २० फागुन २०७७ मा नेपाल चिकित्सक संघको स्थापना भएको थियो।  रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्