डोटीमा २१ सेनालाई कोरोना

काठमाडाैं। नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका-४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली सेनाको गरुबक्स गुल्ममा कार्यरत २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए।

दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेशमा यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मी सङ्क्रमण भएको यो पहिलो पटक हो। कोरोना सङ्क्रमण देखिएका सैनिकलाई आइसोलेसनमा राखिएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्