काठमाडौं। काठमाडौं उपत्यकामा जारी दोस्रो चरणको निषेधाज्ञा भोलि राति १२ बजेबाट सकिँदैछ। फेरि निषेधाज्ञा जारी गर्ने वा खुकुलो पार्दै जाने भन्ने विषयमा उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ। आज भएको भर्चुअल बैठकमा दुई विकल्पबारे छलफल भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
कोरोना संक्रमितको दर बढिरहेको अवस्थामा तत्कालको अवस्था अनुसार नै थप कडाइ गरेर जाने वा निषेधाज्ञा खुकुलो पार्ने कि भन्ने विषयमा छलफल भएको उनको भनाइ छ। ''महामारी बढिरहेको छ, तर निषेधाज्ञा हटाउनुपर्ने दबाब पनि उत्तिकै आइरहेको छ। यस्तो अवस्थामा दुई विकल्पसहित भोलि गृह मन्त्रालयसँग छलफल गरेर धारणा बनाउँछौं। त्यही अनुसार भोलि बेलुकासम्म निर्णय आउँछ'', प्रजिअ पाण्डेले भनिन्।
काठमाडौं उपत्यकामा १० गते दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो।
काठमाडौं उपत्यकामा हिजोसम्म ५ हजार ७२४ जना कोरोना संक्रमित थिए। संक्रमण दर अझै घट्न सकेको छैन। यस्तो अवस्थामा निषेधाज्ञा गरेर मात्र नभई परीक्षणको दायरा पनि बढाउनुपर्ने विज्ञहरूको सुझाव छ।
भर्चुअल मिटिङमा निषेधाज्ञा खुकुलो पारेर निजी सवारीलाई जोर विजोर प्रणालीमा लैजाने र अरू निर्णयहरू यथावत राखेर अगाडि बढ्ने भन्ने विषयमा समेत छलफल भएको थियो।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा जारी दोस्रो चरणको निषेधाज्ञा भोलि राति १२ बजेबाट सकिँदैछ। फेरि निषेधाज्ञा जारी गर्ने वा खुकुलो पार्दै जाने भन्ने विषयमा उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ। आज भएको भर्चुअल बैठकमा दुई विकल्पबारे छलफल भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।कोरोना संक्रमितको दर बढिरहेको अवस्थामा तत्कालको अवस्था अनुसार नै थप कडाइ गरेर जाने वा निषेधाज्ञा खुकुलो पार्ने कि भन्ने विषयमा छलफल भएको उनको भनाइ छ। ''महामारी बढिरहेको छ, तर निषेधाज्ञा हटाउनुपर्ने दबाब पनि उत्तिकै आइरहेको छ। यस्तो अवस्थामा दुई विकल्पसहित भोलि गृह मन्त्रालयसँग छलफल गरेर धारणा बनाउँछौं। त्यही अनुसार भोलि बेलुकासम्म निर्णय आउँछ'', प्रजिअ पाण्डेले भनिन्।

">