लकडाउनलाई उपयोग गर्दा ...
काठमाडाैं। कोरोना सङ्क्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ।  सङ्क्रमणकै कारण अकालमा लाखौले ज्यान गुमाइसके भने धेरै  सङ्क्रमित बनिरहेका छन्।
विश्वव्यापी कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन।कोरोना जोखिम हुन नदिन  कही लकडाउनी त कतै निषेधाज्ञा जारी छ।
कतिपयका लागि लकडाउनी झण्झटिलो भैरहेको छ। कतिपयलाई भने नयाँ  नयाँ काम सिक्ने अवसर समेत बनिरहेको छ। यही समयमा कतिपयले आफूलाई ‘उद्यमी’का रूपमा पनि स्थापित गरे।
केहीले लकडाउनलाई ‘स्वर्णीम’ बनाउँदै सीप सिक्ने अवसरका रूपमा पनि लिए। लकडाउनी नभएको भए माइजोगमाई गाउँपालिकास्थित सोयाङका पुजन चापागाईं यति बेला झापाको विर्तामोडमा भेटिन्थे।
विर्तामोडको कोहेड कलेजमा कक्षा १२ मा अध्ययनरत उनी अहिले पनि अध्ययनकै सिलसिलामा भुलिँदै हुन्थे। विज्ञान विषय पढ्दै गरेका उनले घरबाहिर त होइन कोठा मै समेटिएर कितामा घोत्लिन्थे। कोरोनाको जोखिम हुन थालेपछि उनी घरमै छन्।
उनी लकडाउन शुरु भएको पाँचदिन अघि नै घर आएका हुन्। घरमै मात्र बस्नुपर्ने भएपछि शुरुआति समयमा त उनलाई  हैरान बनायो। बिर्तामोडको खुला सडकमा समय बिताउने उनलाई घरभित्रै  टिभी हेर्न र पढ्नमात्रै दिक्क लाग्न थाल्यो। उनलाई  रहर लागेको चित्रकलाको सम्झना आयो। उनले शुरुमा त समयको सदुपयोगका लागि केही चित्र कोर्नु भयो। तर, बनाउँदै जाँदा कही चित्र हेर्न लायक पनि भए।
परिवारले हौसला बढेपछि भने उनले दिनदिनै चित्र कोर्दै गए। पुजनको चित्रको सङ्ख्या बढ्दै जाँदा चित्रमा निखारता पनि बढ्दै गयो। अहिले त उनको लामो समय चित्र बनाउँदै जान्छ।
उनले शुरुमा घरपरिवारकै चित्र बनाएपनि पछिल्लो समय भने अरूको पनि बनाउँदै गए। अहिले त उनले बनाएका सबै चित्र ‘एक से एक’ छन्। “अरूले पनि चित्र आफ्नो चित्र बनाउनी आग्रह गर्नुहुन्छ” उनी भन्छन्,“लकडाउनले मलाई चित्र बनाउनी सक्ने बनायो। लकडाउनी थिएन भने सायद चित्र कोर्ने हुने थिइन होला। ”उनले पेन्सिल मात्रै प्रयोग गरेर चित्र कोर्दा पनि दुरुस्तै बनाउँछन्।
“अहिले चित्रमा निखारता ल्याउनी पेन्सिलले मात्र कोर्ने गरेको छु”उनी भन्छन्,“अरू चीजको प्रयोग गर्दा चित्रको अर्गानिकपन आउँदैन।” आफ्नो रहरको विषय भएकाले पनि दुःख गरेर चित्र उतार्न रमाइलो लाग्ने गरेको उनी सुनाउँछन्। उनी घरपरिवार (बहिनीहरू, हजुरबा, हजुरआमा), साथीभाइ र आफूले मन पर्ने चित्र कोर्ने गरेको बताउँछन्। लामो समय निरन्तर खटेर गर्नुपर्ने भएपनि चित्रकलामा भविष्य नभएको उनको गुनासो छ।
सानैदेखि रहरको विषय रहेको चित्रकलामा उनले दिनानुदिन परिश्रम गर्दै आए। परिश्रम खन्याएसँगै चित्रकला अब्बल बन्दै गए। परिवार र साथीभाइको चित्र समेत बनाउँदै गएपछि धेरैले उनका चित्र मन पराउनी थाले। निरन्तर चित्र बनाएपछि उनले पनि दुरुस्तै चित्र कोर्न सक्ने बने। अहिले त सुमनलाई चित्र बनाइ दिनभन्दै दैनिक ३-४ कल फोन नै आउँछन्।
“धेरैले चित्र बनाइदेउ घरमा सजाएर राख्छु भन्दै फोन गर्नुहुन्छ” उनी भन्छन्,“साह्रै खुसी लाग्छ। यस्तो भन्दा।” उनका अनुसार एउटै चित्र बनाउनी लगातार ३-४ घण्टा खट्नु पर्छ। सोखकै कारण अहिले सुमन घरका सबैका भ्याएर २ देखि ३ घण्टा चित्रकलालाई समय छुट्याउँछन्। “धेरै र राम्रा चित्र बनाए भविष्य त होला,” उनी भन्छन्।
रासस
प्रतिक्रिया दिनुहोस्