काठमाडौं। अमेरिकी राष्ट्रपति पदका निम्ति डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले डोनाल्ड ट्रम्पलाई कमजोरका साथै ‘विषालु’ समेतको आरोप लगाएका छन्। बाइडेन भन्छन्, ‘‘ट्रम्पले अमेरिकामा हिंसा भड्काइरहेका छन्।’’
पेन्सिल्भेनियामा बोल्दै बाइडेनले ट्रम्पराजमा अमेरिकाले थुप्रै समस्या भोग्न पर्नुका साथै संकट बढ्दै गएको बताएका छन्। अमेरिकाका केही शहरमा पछिल्लो समय अशान्ति बढेको छ। यही विषयमा दुई नेताबीच वाकयुद्ध चल्दै आएको छ।
ट्रम्पले कानुन एवम् व्यवस्थालाई आफ्नो चुनाव प्रचार अभियानको मूख्य मुद्दा बनाउँदै आएका छन् भने बाइडेन यसैलाई कमजोरी देखाउँदै उनलाई असफल सावित गर्ने प्रयासमा छन्। ट्रम्पले आन्दोलनकारीलाई दोष दिनुको सट्टा देशका प्रहरीमाथि आरोप लगाउनु बाइडेनको ठूलो कमजोरी भएको बताएका छन्।
ओरिगनको पोर्टल्यान्डमा अहिले हिंसात्मक प्रदर्शन भइरेको छ। सोही विषयलाई लिएर दुवै नेता एकअर्काप्रति निशाना साधिरहेका छन्।
शनिबार पोर्टल्यान्डमा दक्षिणपन्थी समूहसँग सम्बद्ध भनिएका एकजनाको गोली हानेर हत्या गरिएपछि हिंसा बढेको हो। सोही समय ट्रम्पका समर्थनमा निस्किएको र्यालीमा सहभागी र ‘ब्ल्याक लाइभ्स म्याटर’ का प्रदर्शनकारीबीच झडप भएको थियो। २५ मेमा मिनियापोलिसमा अफ्रिकी-अमेरिकी जर्ज फ्लोयडलाई प्रहरीले हत्या गरेपछि पोर्टल्यान्डबाटै विरोध प्रदर्शन शुरू भएको थियो।
ट्रम्प मंगलबार विस्कन्सिन जाँदै छन्, जहाँ जेकब ब्लेक नामका एक अश्वेतको प्रहरीको गोली लागेर मृत्यु भएपछि मानिसहरु क्रुद्ध भएका छन्।
‘‘निकै पहिला नै ट्रम्पले देशको नेतृत्व गर्ने नैतिक आधार गुमाइसकेका छन्। उनी हिंसा रोक्दैनन् बरु त्यसलाई प्रोत्साहन गर्छन्,’’ पिट्सवर्गमा सम्बोधन गर्दै बाइडेनले भने, ‘‘अमेरिकामा न्याय चाहिएको छ। सुरक्षा चाहिएको छ। हामी थुप्रै संकटको सामना गरिरहेका छौं। यस्ता संकटहरू ट्रम्पशासनमा बढिरहेका छन्।’’
उनले प्रश्न गरे, ‘‘के कसैलाई लाग्छ- ट्रम्प पुनः चुनिए भने अमेरिकामा हिंसा कम हुन्छ ?’’
(बीबीसी)
" /> काठमाडौं। अमेरिकी राष्ट्रपति पदका निम्ति डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले डोनाल्ड ट्रम्पलाई कमजोरका साथै ‘विषालु’ समेतको आरोप लगाएका छन्। बाइडेन भन्छन्, ‘‘ट्रम्पले अमेरिकामा हिंसा भड्काइरहेका छन्।’’पेन्सिल्भेनियामा बोल्दै बाइडेनले ट्रम्पराजमा अमेरिकाले थुप्रै समस्या भोग्न पर्नुका साथै संकट बढ्दै गएको बताएका छन्। अमेरिकाका केही शहरमा पछिल्लो समय अशान्ति बढेको छ। यही विषयमा दुई नेताबीच वाकयुद्ध चल्दै आएको छ।

">