‘भगवान्काे नाममा केही देऊ बालक।’
म डराएँ। त्यस्तै बाह्र–तेह्र वर्षको हुँदो हुँ। आठ कक्षामा पढ्थेँ। भर्खरै बजार बन्दै गरेको गाउँमा तरकारी खानलाई हजुरबाले जोडेको चार कठ्ठा जग्गामा एउटा गाई र बाच्छासँगै थोरै तरकारी लगाइएको थियो। विद्यालय छुट्टी भएकोले म र मेरो काका दिउँसो कुर्न बस्थ्यौं। र, त्यतिबेला काका हुनुहुन्थेन। बाहिर चउरमा खटियामा एक्लै ढुंगासँगै खेल्दै थिएँ म।
हेर्दै खाइलाग्दो, मेरो बाको उमेरको हुँदो हो। पहेँलो र रातो रंगको कपडामा अलिकति दाह्रीले गाला ढाकेको जोगी मेरै नजिक आएर मसँग केही माग्दै थियो। त्यतिबेला जोगी भनेपछि मलाई औधी डर लाग्थ्यो। अग्रजहरू भन्थे- जोगीले समातेर लैजान्छ र भारतमा लगेर बेच्छ रे।
म अकमकिएँ। के दिनु मैले। केही त थिएन त्यो सानो तरकारी बारीमा। बोडी, टमाटर, गाजर, फुलगोभी (ब्रोकाउली) या मूला केही पनि तयार थिएनन्। हुँदो हो त हामी काँचै धनियाँ र नुनको चटनीमा डोबेर खाँदा हौं।
‘बालक, केही त देऊ।’
स्वर डरलाग्दो र मोटो थियो। मानौं यदि मैले केही दिन सकिनँ भने मलाई श्राप दिनेछ। केही छैन भनौं भने रिसाउला भनेर मेरो बालक मनले जोगीलाई एकछिन भुलाउने निर्णय गर्यो।
‘नदियो भने के हुन्छ?’
मेरो अनुमानभन्दा फरक ऊ रिसाएन।
‘तिमीले दिनैपर्छ। नत्र अनिष्ट हुन्छ।’ मुसुक्क मुस्कुराउँदै यति मात्र भन्यो।
‘दियो भने के हुन्छ नि?’ मैले फाइदा खोजेँ।
‘दियौ भने त गज्जब हुन्छ। यो तिम्रो गोठ छ नि यहाँ रातारात महल ठडिन्छ। तिम्रो हातमा मोजाको बल छ नि त्यसको ठाउँमा विश्वकपमा खेल्ने जस्तै फुटबल हुन्छ। नयाँ साइकल हुन्छ तिम्रो आफ्नै। जताततै झिलिमिली हुन्छ तिम्रो घरमा र गाउँमा। चमत्कार नै हुन्छ नि।’
कथाहरूमा सुनेको थिएँ भगवान्हरू जोगीको रूप लिएर जाँच्न आउँछन्। कहीँ भगवान् नै आउनु भएको हो कि? नेपाली सरले बेलाबेला सुनाउने कथाहरूमा यस्तै हुन्थ्यो। मैले तलदेखि माथिसम्म नियालेर हेरेँ र पत्ता लगाउन खोजेँ, कतै साँच्चै भगवान् नै पो हुन् कि?
‘बाबु, पहिले म गुन्डा थिएँ। पल्लो गाउँ छ नि त्यहाँको दादा। मलाई जे चाहियो त्यही पाउँथेँ। सबै गाउँलेहरू मेरो डरले जे माग्यो त्यही दिन्थे। एक दिन मुखियाकी छोरीलाई एक्लै देखेर जिस्काइदिएको, हातमा हँसिया रहेछ। त्यही हँसियाले हानेर कानै चिरिदिई,’ उसले एकै स्वासमा बडो गर्व गर्दै भन्यो।
ऊ भने एकोहोरो मुस्कुराइरहेको थियो। खुट्टामा खिइएको चप्पलले पैतालालाई बचाउन सकिनसकी प्रयास गर्दै थियो। पक्कै बकुल्ला छाप हुनु पर्छ। गलामा रूद्राक्षको माला। त्यहाँ सर्प झुन्डिएको अनुभूति भयो र लाग्यो, पक्कै भगवान् नै हुनु पर्छ। साक्षात् शिवको रूप। मैले केही दिएर जसरी भए पनि खुसी पार्नु पर्छ त्यसो गर्दा म मालामाल हुन्छु कि?
फेरि हजुरबुवाले भनेको सम्झेँ। भगवान् त मनमा हुन्छन्। बिहानै उठ्नी अनि ‘भगवान् कि जय’ भन्ने र कसैलाई दुःख नदिने, सकेको सहयोग गर्ने। बस् यति गरे भगवान् खुसी हुन्छन्।
‘अहँ भगवान् त होइन है।’ मनले शंका गर्यो। खै कसरी त्यतिबेलै उसको कानमा पुग्यो मेरो आँखा। दायाँ कानको माथिदेखि तल लोतीसम्मै चिरिएको थियो। अलिक लामा कपालले उसका कान ढाक्न खोजे पनि मैले देखिहालेँ।
नेपालीमा पढेको याद आयो ‘जुन जोगी आए पनि कानै चिरिएका।’ कान त चिरिएको छ। पक्कै पनि यो जोगी नै हो।
‘जोसुकै होस् दिनलाई त केही छैन भनेर पठाइदिन्छु।’ मन मनै यस्तै सोचेँ । तर, मानेन र मलाई कुट्यो भने? अगिन खेल्दै गरेका ढुंगा आफू नजिकै राखेर सुरक्षित हुने प्रयास गरेँ।
‘तपाईंको कान चिरिएको छ, तपाईं जोगी हो। कसरी चिरियो तपाईंको कान?’ आफ्नो खुट्टातिर हेरेर कानका बारेमा सोधेँ।

सरले त कान चिरिएको मात्र सुनाउनुभएको थियो, कारण त मैले पो पत्ता लगाएँ। भोलि विद्यालयमा सुनाउनुपर्छ सबैलाई। भित्रभित्रै खुसी भएँ म।
‘त्यस्तो दादा मान्छे, जोगी किन बनेको त?’
पहिलेदेखि नै तयारी अवस्थामा रहेको जोगीले प्रश्न खस्न नपाउँदै उत्तर दियो- ‘आखिर जसरी पनि खानु नै हो। मेरो कान चिरिएपछि होस् आयो। भोलि कसैले मैलाई चिरिदिए भने? आखिर दादा भएर पनि माग्ने नै हो, जोगी भएर पनि माग्ने नै हो। यो वस्त्रभित्र त त्यही दादा नै छ नि फेरि!’
मेरो बालक दिमागले खासै बुझेन। थर्काउन खोजेको पो हो कि? भित्रभित्रै डराएँ पनि।
‘मसँग त दिनलाई केही छैन। बरू तपाईं नै मलाई पाँच रूपैयाँ दिनुस् न, जिलेबी खान मन छ,’ मेरो मनमा जे आयो मैले त्यही बोलेँ।
मनमनै केके बोल्दै ऊ मलाई जवाफ नै नदिई आफ्नो बाटो फर्कियो।
मैले सुकेको मुख भिजाउन भित्र गएर ‘नल्का’ चलाएर बाहुलै भिज्ने गरी पानी खाएँ।
एकैछिनमा आउँछु भनेर गएका काका आएका होइनन्। म बाहिर निस्केर बाटो हेर्दे थिएँ, फेरि पछाडिबाट कसैले बोलेको आवाज आयो।
‘भिक्षा देऊ बालक।’
पहेँलो कपडामा त छैन। कपडा सेतै छ पूरै। यो जोगी त हुनै सक्दैन। फेरि भिक्षा किन?
‘तपाईं को हो?’ मैले प्रश्न गरेँ।
‘म भगवान् बुद्धको चेला हुँ। अहिंसाको पुजारी। शान्तिको सन्देश बोकेर आएको छु।’ साँच्चिकै शान्त थियो उसको बोली।
‘नदिए के हुन्छ?’ मैले अघिको जोगीलाई नै सोधेको प्रश्न दोहोर्याएँ।
‘नदिए अशान्ति हुन्छ। तेरो मनमा, तेरो घरमा, तेरो गाउँमा, तेरो देशमा।’
वस्त्र सेतै र मान्छे शान्त भए पनि चेतावनी कडा थियो।
‘दिएँ भने के हुन्छ?’
‘शान्ति, विकास, उज्यालो। काम नै गर्न पर्दैन सबैलाई खान पुग्छ। तँजस्तो बालकहरू नपढी पास हुन्छौ। फुटबल, भलिबल, कपर्दी केके खेल्ने हो सबै मज्जाले खेल्न पाउँछौ। स्वर्गजस्तै बन्छ तिमीहरूको यो गाउँ,’ सत्य नै बोले जसरी बोल्यो उसले।
‘एक माना चामल थियो, अघि भर्खरै आएको जोगीलाई दिएर पठाइदिएँ,’ मैले ढाँटेँ।
‘मुर्ख बच्चा, त्यो जोगीलाई किन दिएको विनाश गर्छ त्यसले’ ऊ रिसले यति धेरै मुर्मुरियो कि उसले कान समेत ढाक्ने गरी लगाएको टाउकोको फेटा नै खस्यो। मैले डरले यसो टाउकोतिर हेरेँ। अहो, उसको बायाँ कान चिरिएको थियो।
‘तिमी जोगी हो। मैले चिनिसकेँ।’
त्यस्तो सुटबुटमा सजिएको व्यक्तिलाई म नाथेले के दिने होला? जोगी त होइन फेरि किन माग्दैछ यो? म सोचमग्न भएर हेरिरहेँ।
उसले हत्तपती कान ढाक्यो। आँखा राता बनायो। असिनपसिन भयो।
‘मुर्ख बालक, तेरो विनाश निश्चित छ।’ सराप दिएर ऊ पनि आफ्नो बाटो लाग्यो।
पक्कै पनि यो पनि कुनै गाउँको गुण्डा नै हुनुपर्छ। यसको कानचाहिँ कसरी चिरिएको होला? मनमा कौतूहलता जाग्यो। मैले सोध्न नपाउँदै ऊ ओझेल परिसकेको थियो।
मैले केही गल्ती त गरिनँ? दुनियाँथरि कुरा गर्नु भन्दा बरू यहाँ केही छैन, मेरो घर ऊ त्यो हो भनेर आफ्नो घर नै देखाएर पठाइदिए भैहाल्थ्यो।
‘सबै जोगीका कान चिरिएकै हुन्छन् कि यता मेरो ठाउँमा आएका जोगीका मात्र चिरिएका हुन्?’ मनमा यो प्रश्न खेलिरह्यो। दुइटा हातमा दुइटा ढुंगा समातेर एकअर्कामा ठोक्दै आगोको झिल्का पारेर सोचिरहेँ।
अलिक परबाट एकजना टाइसुटमा चिटिक्क परेको मान्छे मतिरै आउँदै थियो। त्यस्तो विकट गाउँमा त्यसरी ठाँटिएको व्यक्ति मैले देखेको थिइनँ। नमिलेकै भए पनि दाँत देखाउन नहिच्किचाई ऊ मेरै सामु आइपुग्यो।
‘बाबु, भगवान्काे नाममा मलाई केही देऊ।’ कुरो एउटै भए पनि हाउभाउ र सोध्ने तरिका भने फरक थियो। त्यस्तो सुटबुटमा सजिएको व्यक्तिलाई म नाथेले के दिने होला? जोगी त होइन फेरि किन माग्दैछ यो? म सोचमग्न भएर हेरिरहेँ।
‘बालक सुनेनौ, म केही माग्दैछु,’ उसले जोड लगायो।
म एकोहोरो उसको टाइमा हेरिरहेँ। बोकाको दाम्लोजस्तै लाग्यो र ऊ पनि बोको नै लाग्यो एकछिन त। मानौं मसँग झाला (रूखका सानासाना हाँगा काटेर बोकालाई खुवाउन तयार गरिएको ) मागेजस्तै लाग्यो। म फिस्स हाँसे मात्र।
‘नदिए के हुन्छ?’ मैले उही प्रश्न दोहोर्याएँ।
‘विनाश हुन्छ। तिमी विद्यालयमा फेल हुन्छौ। तिम्रो घर भत्किन्छ। तिमी नराम्ररी बिरामी पर्न सक्छौ,’ डर देखायो उसले।
‘दिएँ भने के हुन्छ?’ मैले प्रश्न तेर्साउन छाडिनँ।
‘दियौ भने त हरेक दिन दीपावली हुन्छ। यो गाउँ, सहर बन्छ। ठूलाठूला अस्पताल बन्छ। कलेज बन्छ। स्वर्गको एक गाउँ जस्तै हुन्छ यो,’ उसले शंकै नगरोस् भनेर आँखा तेजिलो पार्यो।
‘मसँग त दिनलाई केही छैन। बरू त्यो घाँटीको दाम्लो दिनु न मलाई। कस्तो देखिन्छु होला म?’ मैले सत्य बोलेँ।
ऊ रिसाएन। सायद उसले लिएरै जाने निश्चित गरेको थियो। टाइ घाँटीमा अलिक जोडले कस्यो र मतिर एकटकले हेरिरह्यो। पख्नुस् है त भन्दै मभित्र गएँ र एक गिलास पानी ल्याएर दिएँ।
‘मुर्ख बच्चा, म पानी खान आएको होइन,’ उसले पानी समातेन।
बानी बेहोरा त ठ्याक्कै अघिकै जोगीहरू जस्तै छ। कतै जोगी त होइन यो पनि? कोटको कलर उठाएर कान ढाकेको थियो। मलाई उसको कान हेर्नु थियो। जे त पर्ला भनेर मैले त्यो पानी घाँटीमा फ्यालिदिएँ।
ऊ त दुई वर्षअघि मात्रै मुखियाको घरमा चोरी गर्दागर्दै समातिएको त्यो मान्छे पो रहेछ। त्यही बेला मुखिनीले हँसियाले हान्दा कान चिरिएको रहेछ।
‘तेरो सत्यानाश होस्’ भन्दै उसले घाँटीको पानी पुछ्न खोज्यो। त्यहीबेला कोटको कलर तल सर्यो र देखेँ, उसको पनि कान त चिरिएको छ!
‘तिमी पनि जोगी हो,’ मेरो मुख बाट निस्किहाल्यो।
‘कसरी चिनिस्?’ आँखा रातो पार्दै प्रश्न गर्यो।
‘तिम्रो पनि कान चिरिएको छ। कसरी चिरियो हँ?’ मैले प्रश्न गरिहालेँ।
‘तँलाई किन चाहियो?’ ऊ रिसायो ।
पानीले घाँटीसँगै मुख पनि पखालिएछ। अनि पो थाहा पाएँ त मैले। ऊ त दुई वर्षअघि मात्रै मुखियाको घरमा चोरी गर्दागर्दै समातिएको त्यो मान्छे पो रहेछ। त्यही बेला मुखिनीले हँसियाले हान्दा कान चिरिएको रहेछ।
‘मैले चिनेँ तिमीलाई, तिमी त त्यही चोर हौ।’
रिसले हातले मेरो कानमा बजार्यो। खटिया तल राखेको ढुंगा समातेर हान्न खोजेपछि भाग्यो। ऊ दगुर्दै गर्दा ढुंगाले हानेँ। सायद ढाडमा लाग्यो।
काका भने अझै आएनन्। मलाई डरसँगै रमाइलो पनि लागिरहेको थियो। त्यसपछि थप आठ–दस वटा त्यस्तै माग्नेहरू आए। र, मलाई तर्साउँदै गए। मेरो एउटै उद्देश्य हुन्थ्यो तिनीहरूको कान हेर्ने। सबैको कान चिरिएकै थियो। अहँ त्यस्तो कुनै जोगी देखिनँ मैले जसका कान सद्दे हुन्।
के ती सबै जोगीहरू पहिले फटाहा नै थिए? कि अहिले झन् फटाहा भएका हुन् र त्यसलाई ढाक्न छद्मभेषी भएका हुन्? यी प्रश्नहरू मेरो दिमागमा उफ्रिरहेका थिए।
सबैका कान चिरिएका नै थिए। ती जोगीहरू त अहिले गुरू भैसकेछन्। भक्तहरू मालिकको कान चिरिएको देख्दैनन्। मैले त सजिलै उनीहरूभित्रको रूप देखेँ। कान चिरिएकै थियो।
‘आखिर किन सबै जोगीको कान चिरिएको?’ केही हदसम्म यो प्रश्नको उत्तर भने मैले पाइसकेको थिएँ।
आज मेरो गाउँ सहर भैसक्यो। तर, अवस्था झनै जटिल छ। पानीले डुबेको छ। समुदायमा लडाइँ छ। त्रासले घेरिएको छ। पहिले भन्दा ठूलो त भयो होला, तर डराएको छ मेरो गाउँ।
म त्यो गाउँभन्दा हजारौं कोस टाढा छु। तर, सम्झनामा आइरहन्छ। ती जोगीहरूलाई मैले केही नदिएकै कारण श्राप त लागेन? यस्तै सोचिरहेको बेला फेसबुकमा एउटा ‘स्टाटस’ ले मेरो ध्यान खिच्छ।
मलाई नेपाली पढाउने सरले राखेको ‘स्टाटस’ मा बाह्र जनाको तस्बिर थियो। तल लेखिएको थियो- नेतै नेता जन्मायो कि फटाहहरू मात्र जन्मायो यो ठाउँले? हामीले कस्तो मान्छेलाई ‘भोट’ दियौं? अबको चुनावमा भोट दिनु भन्दा अगाडि नेतालाई र आफूलाई पनि प्रश्न गरौं।
म झसंग भएँ। ती त तिनै ‘जोगीहरू’ थिए जो २५ वर्ष पहिले मसँग केही माग्न आएका थिए। मलाई राम्रै याद छ सबैको अनुहार। तस्बिरका कानहरूमा हेरेँ।

मैले तल ‘कमेन्ट’मा यतिमात्र लेखेँः
जुन जोगी आए पनि कानै चिरिएका।
" /> ‘भगवान्काे नाममा केही देऊ बालक।’म डराएँ। त्यस्तै बाह्र–तेह्र वर्षको हुँदो हुँ। आठ कक्षामा पढ्थेँ। भर्खरै बजार बन्दै गरेको गाउँमा तरकारी खानलाई हजुरबाले जोडेको चार कठ्ठा जग्गामा एउटा गाई र बाच्छासँगै थोरै तरकारी लगाइएको थियो। विद्यालय छुट्टी भएकोले म र मेरो काका दिउँसो कुर्न बस्थ्यौं। र, त्यतिबेला काका हुनुहुन्थेन। बाहिर चउरमा खटियामा एक्लै ढुंगासँगै खेल्दै थिएँ म।

">