बाेनम्याराे प्रत्याराेपणका क्रममा पत्रकार शर्माकाे निधन
काठमाडाैं। नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य डिल शर्माको उपचारको क्रममा काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ।

बोनम्यारोमा समस्या आएपछि चार महीनाअघि अस्पताल भर्ना भएका २३ वर्षीय शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा आज निधन भएको हो।

उनको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ।

६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा बिसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत थिए।

महासंघका महासचिव रमेश विष्टले शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्