भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधन
एजेन्सी। भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।

कोरोना पोजिटिभ देखिएका उनको उपचारको क्रममा दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल (आर एण्ड आर) हस्पिटलमा निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ।

उनको केही समयअघि मष्तिस्कको शल्यक्रिया गरिएको थियो। त्यस पश्चात कोमामा गएका मुखर्जीको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।

लामो समयदेखि रोगसँग लडिरहेका मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको हो।

उनका छोरा अभिजीत मुखर्जीले पनि ट्वीटरमार्फत बुवाको मृत्यु पुष्टि गरेका छन्।

८४ वर्षीय मुखर्जीलाई फोक्सोको संक्रमणका कारण सेप्टिक सक भएको थियो। १० अगस्ष्टमा अस्पताल भर्ना भएका उनी केही दिनदेखि गहिरो कोमामा थिए।

प्रतिक्रिया दिनुहोस्