काठमाडौं। कास्कीको पोखरा महानगरपालिका–१८ सेदी बगरमा रहेको स्टाफ खाजा घरको बरण्डामा एक जना युवक मृत फेला परेका छन्।
मृत फेला पर्नेमा २५ वर्षीय गुञ्जबहादुर सार्की रहेका छन्। उनी सोही महानगरपालिका–१८ भकुण्डेमा बस्दै आएका थिए। कास्की प्रहरीका अनुसार उनी सिन्धुलीको दुधौली गाउँपालिका हाँडीखोलाका हुन्।
यस्तै तनहुँको बन्दीपुर गाउँपालिका–४ गोरेचौतारस्थित मर्स्याङ्दी नदीमा एक महिला मृत फेला परेकी छन्। मृत फेला पर्ने महिलाको अन्दाजी उमेर ५० वर्ष रहेको तनहुँ प्रहरीले जनाएको छ। उनको परिचय खुलिसकेको छैन।
यसैबीच, कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पिचुर्कीका २३ वर्षीय दीलिपकुमार कुर्मी पनि मृत फेला परेका छन्।
आफ्नै खेतको पोखरीमा उनी मृत अवस्थामा फेला परेका हुन्।
" /> काठमाडौं। कास्कीको पोखरा महानगरपालिका–१८ सेदी बगरमा रहेको स्टाफ खाजा घरको बरण्डामा एक जना युवक मृत फेला परेका छन्।मृत फेला पर्नेमा २५ वर्षीय गुञ्जबहादुर सार्की रहेका छन्। उनी सोही महानगरपालिका–१८ भकुण्डेमा बस्दै आएका थिए। कास्की प्रहरीका अनुसार उनी सिन्धुलीको दुधौली गाउँपालिका हाँडीखोलाका हुन्।

">