काठमाडौं। चीनमा सन् २०१३ मा शुरू गरिएको अभियान ‘क्लिन योर प्लेट’ राष्ट्रपति सि चिनफिङले यसै महीना पुनः शुरू गरे।
सो अवसरमा उनले आफ्ना नागरिकलाई खानेकुरा नफाल्न विशेष आग्रह गरेका थिए। साथै, कम खर्च गर्न पनि भने।
चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सको रिपोर्टअनुसार राष्ट्रपति सिले खानेकुराको बर्बादी हैरान गर्ने र निराशाजनक कार्य रहेको बताएका छन्।
उनले यो मुद्दामा जागरुकता फैलाउन आग्रह गरेका छन्। यस्तो वातावरण तयार पार्न उनले सल्लाह दिएका छन् कि खानेकुरा फाल्ने कार्यलाई लज्जाजनक मानियोस्।
चीनले विगत लामो समयदेखि खाद्यान्नमा बम्पर उत्पादन गर्दै आएको छ। तर पनि खाद्य सुरक्षाका विषयमा उक्त मुलुक चिन्तित रहँदै आएको देखिन्छ। चीनका मिडियाहरूले खानेकुरा जोगाउने कुरामा मानिसहरुलाई सचेत बनाउँदै आएका छन्।
चिनियाँ सरकारी मिडियाका अनुसार उक्त देशमा २०१५ मा ठूला सहरमा मात्रै १७ देखि १८ टन खानेकुरा नास गरिएको थियो। सरकारी मिडिया सीसीटीभीले धेरै खाना खाएर पछि उल्टी गर्ने मानिसको आलोचना गरेको थियो।
चीनमा चलिरहेका यी क्रियाकलापलाई आधार मानेर कपितय विश्लेषक भन्न थालेका छन्- त्यो विशाल मुलुकले खाद्य संकट भोगिरहेको छ, तर उसले त्यो कुरा बाहिर ल्याउन चाहिरहेको छैन।
कोरोना संकटका कारण चीनका कतिपय प्रान्तमा फसल बर्बाद भएको छ। तर त्यहाँको सरकारी मिडियाले भने सरकारले खाद्य उत्पादन, सलह नियन्त्रण तथा कोरोना महामारीलाई राम्ररी नियन्त्रणमा लिएको बताएका छन्।
चीनको कृषिमन्त्रालयको आँकडाअनुसार त्यहाँ २०१९ मा कुल अन्नको उत्पादन ६६४ मिलियन टन भएको थियो।
(बीबीसी)
" /> काठमाडौं। चीनमा सन् २०१३ मा शुरू गरिएको अभियान ‘क्लिन योर प्लेट’ राष्ट्रपति सि चिनफिङले यसै महीना पुनः शुरू गरे।सो अवसरमा उनले आफ्ना नागरिकलाई खानेकुरा नफाल्न विशेष आग्रह गरेका थिए। साथै, कम खर्च गर्न पनि भने।

">