काठमाडौं। अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको छ।
प्राप्त समाचारअनुसार अमेरिकामा रहेका पाकिस्तानी र अन्य विदेशी नागरिकहरूले न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर पाकिस्तान सरकारका विरुद्धमा प्रदर्शन गरेका हुन्।
नागरिकलाई जबर्जस्ती बेपत्ता बनाउने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार त्यहाँ प्रदर्शन भएको न्युयोर्कबाट दिइएको समाचारमा जनाइएको छ।
पाकिस्तानमा पनि नागरिकहरुलाई जबर्जस्ती बेपत्ता बनाउने क्रम नरोकिएको भन्दै यसविरुद्ध प्रदर्शन भएको ती प्रदर्शनकारीहरुले बताएका छन् ।
पाकिस्तानका अल्पसंख्यक समुदायका नागरिकलाई जबर्जस्ती अपहरण गरेर बेपत्ता बनाउने गरिएको र पछिल्लो समयमा सो क्रम अझ बढ्दै गएको भन्दै त्यस कार्यका विरुद्धमा सो प्रदर्शन गरिएको थियो।
प्रदर्शनकारीहरुले यस्तो कार्य तुरुन्त रोक्न पाकिस्तान सरकार र त्यहाँको सेनासमक्ष माग पनि गरेका थिए । प्रदर्शनका सहभागीले भनेका थिए- हामी पाकिस्तानी सरकरको यस्तो कार्यको कडा रूपमा विरोध गर्दछौँ र उनीहरुले यस्ता कार्य तत्कालै बन्द गरुन् भन्ने चाहन्छौँ ।
उनीहरूका अनुसार पाकिस्तानको सेना र त्यहाँका गुप्तचर निकायका अधिकारीहरूले नै कैयौँ राजनीतिकर्मी, विभिन्न पेशामा लागेका व्यक्ति र पत्रकारहरू समेतलाई बेपत्ता बनाएका छन्।
यसरी जबर्जस्ती बेपत्ता बनाइएका व्यक्तिहरुको संख्या पाकिस्तानमा हजारौँ रहेको उनीहरुको भनाई छ।
रासस/एएनआई
" /> काठमाडौं। अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको छ।प्राप्त समाचारअनुसार अमेरिकामा रहेका पाकिस्तानी र अन्य विदेशी नागरिकहरूले न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर पाकिस्तान सरकारका विरुद्धमा प्रदर्शन गरेका हुन्।

">