झापा। अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३औं पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको छ।
मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले नेपालमा मात्र नभई पूर्वोत्तर भारतमा समेत नेपाली भाषा, साहित्य तथा पुस्तकालय सेवामा त्रिफला राष्ट्रिय पुस्तकालयले पुर्याउँदै आएको विशिष्ट योगदानको कदरस्वरूप यस वर्षको उत्कृष्ट सम्मान प्रदान गरिएको बताए।
मन्त्रालयले हरेक वर्ष एउटा पुस्तकालयलाई उत्कृष्ट सम्मान प्रदान गर्दै आएको छ। यस वर्ष कोभिड-१९ को विषम् परिस्थितिका कारण सहज अवस्था भएपछि समारोहको आयोजना गरी सम्मानपत्र हस्तान्तरण गरिने निरौलाले जानकारी दिए।
मेचीनगर-१०, धुलाबारीमा पुस्तकालयको तीनतले पक्की भवन छ। पुस्तकालयमा हजारौं पुराना र नयाँ पुस्तकहरू छन्।
ई-लाइब्रेरीको पनि सुविधा छ। २०५३ सालमा स्थानीय प्रेमप्रकाश पोखरेल (फलाहारी)ले यो पुस्तकालयको स्थापना गरेका हुन्।
उनले तीन दशकदेखि नुन, अन्न र चप्पल-जुत्ता परित्याग गरेका थिए। गेरु वस्त्र धारण गर्ने उनले लागुपदार्थको दुर्व्यसनविरुद्ध जनचेतना फैलाउन र धार्मिक स्थलहरूको प्रचार गर्न मुलुकका सबै जिल्लाको खाली खुट्टा पैदल यात्रा गरेका छन्।
पुर्खाले आर्जेको ज्ञान पुस्तकमा हुने र त्यसको अध्ययन र पठनमा आममानिसलाई प्रोत्साहित गर्न पुस्तकालय खोल्ने सोचअन्तर्गत त्रिफलाको स्थापना गरेको फलाहारीले बताए।
उनकै अध्यक्षतामा गठित सञ्चालक समितिले स्थापनाकालदेखि पुस्तकालयको नेतृत्व गर्दै आएको छ। रासस
" /> झापा। अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३औं पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको छ।

">