काठमाडौं। अमेरिकामा कोरोना संक्रमणका बीच खोलिएका कतिपय कलेजमा कोरोना फैलिएको पाइएको छ।
रोयटर्सका अनुसार आयोवामा कतिपय यस्ता काउन्टिज छन्, जहाँका युनिभर्सिटी र कलजेमा कक्षा सञ्चालन गरिएको छ। पढाइ सुरु भएपछि विद्यार्थीमा संक्रमण वृद्धि भएको देखिएको हो।
खतरा बढेपछि केही कलेजले पुनः अनलाइन कक्षा लिन थालेका छन्।
न्युयोर्कका गभर्नरले आइतबार आफ्नो राज्यमा सयभन्दा बढी संक्रमित विद्यार्थी भेटिएपछि दुई साताका लागि कक्षा बन्द गरिएको बताएका छन्।
युनिभर्सिटीका चान्सलरले भने, ‘‘हामीलाई खबर आएको छ, विद्यार्थीले पार्टी आयोजना गर्दा भीड जम्मा हुन पुगेको छ। पार्टीमा कोरोना भएका पनि सामेल भए र तिनबाट अन्य विद्यार्थीमा सर्ने सम्भावना बढ्यो।’’
अमेरिकामा आइतबारसम्मा संक्रमितको संख्या ६० लाख नाघेको छ। आयोवा, नर्थ डकोटा, साउथ डकोटा र मिनिसोटामा एकैदिनमा बढेको संक्रमितको संख्या डरलाग्दो हुन पुगेको छ।
यद्यपि, पुरै देशमा भने संक्रमित, अस्पताल जाने र मृत्यु हुनेको संख्या भने घटेको छ। (बीबीसी)
" /> काठमाडौं। अमेरिकामा कोरोना संक्रमणका बीच खोलिएका कतिपय कलेजमा कोरोना फैलिएको पाइएको छ।रोयटर्सका अनुसार आयोवामा कतिपय यस्ता काउन्टिज छन्, जहाँका युनिभर्सिटी र कलजेमा कक्षा सञ्चालन गरिएको छ। पढाइ सुरु भएपछि विद्यार्थीमा संक्रमण वृद्धि भएको देखिएको हो।

">