काठमाडौं । नेपाल प्रहरीमा एक हजार १७७ वटा नयाँ संरचना निर्माण सम्पन्न भएको छ। प्रहरी इकाइहरूमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको प्रहरीले दुई वर्षमा उक्त सङ्ख्यामा संरचनाहरू निर्माण गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सालगायतका संरचना निर्माण भएको हो।
प्रहरीको नियमित बजेट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोष र प्रादेशिक बजेटबाट ती संरचनाहरू निर्माण भएका हुन्।
निर्माण गरिएका संरचनामध्ये ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस, ७ सय ५५ वटा शौचालयलगायत छन्।
यी संरचनाहरू आ.व. २०७५/७६ र ७६/७७ मा निर्माण गरिएका हुन्।
हाल नेपाल प्रहरीअन्तर्गत देशभर दुई हजार ७५७ इकाइहरू रहेका छन् । एक स्थानीय तहमा कम्तीमा एक प्रहरी इकाइ स्थापना गर्ने सरकारको लक्ष्य छ।
चालु आ.व. २०७७/७८ मा नेपाल प्रहरीको नियमित बजेटबाट ३९ नयाँ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र ८८० वटा शौचालयलगयात गरी एक हजार १०४ वटा संरचना निर्माणाधिन रहेका छन् ।
पुनर्निर्माण कोषबाट ४८ र प्रादेशिक बजेटबाट ८ सय १० नयाँ पूर्वाधार निर्माणाधिन अवस्थामा छन्। प्रादेशिक बजेटबाट चालु आ.व.मा ३० वटा संरचना निर्माण सम्पन्न भएका छन्।
नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईञ्जिनियर लोकेश सिंहले हाल ६९ जिल्लामा नयाँ निर्माण भइसकेको बताएका छन्।
“जे जति बनेका छन् वा बनिरेहका छन् ती सबै भवनहरु आधुनिक, अपाङ्ग एवं लैंगिकमैत्री तवरले बनाइएका छन्”, उनले भने, “प्रहरीलाई आधुनिकीकरण गर्दै लाने योजना बमोजिम विगतदेखि नै निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिँदै आइएको छ।”
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले आवश्यक्ता अनुसार संरचना निर्माण र मर्मत सम्भार गर्न प्रहरी प्रधान कार्यालय संवदेनशील रहेको बताए।
“कार्यालय होस् या हिरासत कक्ष अहिले बालबालिका, महिला, जेष्ठ नागरिकको संवेदनशीलता र अन्य विभिन्न कारणले पनि थप छुट्टै संरचना बनाउनुपर्ने आवश्यक्ता छ।” उनले भने।
" /> काठमाडौं । नेपाल प्रहरीमा एक हजार १७७ वटा नयाँ संरचना निर्माण सम्पन्न भएको छ। प्रहरी इकाइहरूमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको प्रहरीले दुई वर्षमा उक्त सङ्ख्यामा संरचनाहरू निर्माण गरेको हो।प्रहरी प्रधान कार्यालयका अनुसार कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सालगायतका संरचना निर्माण भएको हो।

">