काठमाडौं। एकातिर कोरोनाको ग्राफ बढिरहेको छ भने अर्कोतिर विश्वविद्यालयहरू परीक्षाको तयारीमा जुटेका छन्। कोरोना महामारीको अन्त्य कहिले हुने भन्ने यकिन नभएपछि विश्वविद्यालयहरू असोजभित्रै रोकिएका परीक्षा र अनलाइन कक्षा सञ्चालन गर्ने तयारीमा जुटेका हुन्।
भदौं ८ मा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल छलफलमा विश्वविद्यालयका उपकुलपतिहरूले वैकल्पिक विधिमार्फत पढाई र परीक्षा गर्ने बताएका थिए। विश्वविद्यालयहरूले भने असोजभित्रै परीक्षा गर्ने भन्दै सूचना निकाल्न थालेका हुन्।
त्रिभुवन विश्वविद्यालयले असोजभित्रै परीक्षा सञ्चालन गर्ने र अनलाइन कक्षा सञ्चालन गर्नका लागि सम्बन्धित विभागलाई नै जिम्मेवारी दिएको छ।
त्रिविले चार विधिमार्फत परीक्षाको तयारी थालेको छ। अवस्थाअनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत बिधिमार्फत असोजभित्रै परीक्षा सञ्चालन गरिने उपकूलपति धर्मकान्त बाँस्कोटाले जानकारी दिए।
वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ । ४ लाख १५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको त्रिविले तत्काल रोकिएका परीक्षा सञ्चालन गर्नेछ।
त्यस्तै काठमाडौं विश्वविद्यालय र खुला विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन र परीक्षा सञ्चालन गर्दै आएका छन् । उनीहरूले दशैंअगाबै रोकिएका परीक्षा सञ्चालन गरिनेसक्ने योजना बनाएका हुन्।
त्यस्तै सुदूरपश्चिमाञ्जल विश्वविद्यालयले विद्यार्थीहरू यथाशीघ्र सम्पर्कमा आउन भनेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न लामो समय लाग्ने आंकलन गरिएकाले अनिश्चित समयसम्म शैक्षिक कार्य अवरूद्ध राख्नु उपयुक्त नभएकोले असोजभित्रै परीक्षा गर्न लागिएको जनाएको छ।

रजिष्ट्रार डा. गोविन्दसिंह विष्टले असोज महीनादेखि परीक्षा संचालन गर्ने निर्णय भएकोले तयारीमा जुट्न सबैलाई आह्वान गरे। रजिष्ट्रार विष्टले आज जारी गरेको सूचना अनुसार आफू अध्ययनरत विभाग वा क्याम्पसमा तुरून्त सम्पर्क राखी पठन पाठनमा सहभागी भई परीक्षाको तयारीमा जुट्न भनिएको छ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सम्पूर्ण विभाग, क्याम्पस र डीन कार्यालयहरूलाई पनि विद्यार्थीहरूलाई सम्पर्कमा ल्याउन, शिक्षण संचालन गर्न र परीक्षाको तयारी गर्न तदारुकताका साथ आवश्यक पहल गर्न भनिएको छ।
अन्य विश्वविद्यालयहरूले समेत तत्काल महामारी अन्त्य नहुने भन्दै विभिन्न विधि मार्फत अध्यापन र परीक्षा गर्नको लागि सूचना जारी गर्न थालेका हुन्। यसअघि साउन ७ गतेबाट लकडाउन खुलेसँगै भदौ पहिलो साताबाट परीक्षा गर्ने तयारीमा विश्वविद्यालय लागेका थिए।
तर, कोरोना महामारीको जोखिम बढ्न थालेपछि अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको थियो। अब भने महामारी रोकिने छाँट नदेखिएकाले वैकल्पिक विधि मार्फत अध्यन अध्यापन तथा परीक्षा सञ्चालनको विकल्प नरहेको त्रिविका उपकूलपति बाँस्कोटाको भनाइ छ।
" /> काठमाडौं। एकातिर कोरोनाको ग्राफ बढिरहेको छ भने अर्कोतिर विश्वविद्यालयहरू परीक्षाको तयारीमा जुटेका छन्। कोरोना महामारीको अन्त्य कहिले हुने भन्ने यकिन नभएपछि विश्वविद्यालयहरू असोजभित्रै रोकिएका परीक्षा र अनलाइन कक्षा सञ्चालन गर्ने तयारीमा जुटेका हुन्।भदौं ८ मा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल छलफलमा विश्वविद्यालयका उपकुलपतिहरूले वैकल्पिक विधिमार्फत पढाई र परीक्षा गर्ने बताएका थिए। विश्वविद्यालयहरूले भने असोजभित्रै परीक्षा गर्ने भन्दै सूचना निकाल्न थालेका हुन्।

">