सुनकोशीका पहिरोपीडितलाई घर बनाउन गाउँपालिकाले पाँच लाख दिने

सिन्धुपाल्चाेक। सुनकोशी गाउँपालिका-६, धुसेनीका पहिरोपीडितको घर बनाउन गाउँपालिकाले पाँच लाख दिने भएको छ।

पहिराेले घर पुरिएकाको घर निर्माण गर्न पाँच लाख सहयोग गर्ने अध्यक्ष श्रमणकुमार जिसीले बताए।

उनले घटनास्थलमै पुगेर पीडितसमक्ष प्रतिपरिवार पाँच लाख दिने घोषणा गरेका हुन्।

आइतबार बिहान गएको पहिराेले चार घर पुरेको थियो।

जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।

सुरक्षित स्थानान्तरणका लागि ३० बण्डल जस्ता र ६ वटा टेण्टसमेत गाउँपालिकाले दिएको छ।

पहिराेले खीलबहादुर भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घर पुरिएको थियो।

पहिराेको जोखिममा रहेका अन्य ९ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्