प्रहरीले टोलीले सर्च अप्रेसन चलाउने क्रममा उनी तत्काल पक्राउ परेकी हुन्। उनलाई अहिले बाटोमा ल्याइँदै गरिएको डीएसपी खत्रीले बताए।
प्रअ भण्डारीको अपरहणमा संलग्न भएका अरू १०/११ जनाको खोजीमा प्रहरी जुटेको छ। सिन्धुली प्रहरीले व्यापक ‘सर्च अप्रेशन’ चलाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तीन टोली हाल सर्च अप्रेसनमा जुटेका छन्।
अप्रेशनमा सशस्त्र प्रहरीको प्रहरी निरीक्षक नेतृत्त्वको टोलीसँगै सिन्धुलकै खुर्कोट र उदयपुरबाट पनि प्रहरी टोली सहभागी छन्।
“सर्च अपरेशनमा संलग्न प्रहरी टोलीहरूले अपहरणकारीलाई घेरा हालेको भन्ने खबर प्राप्त भएको छ र विस्तृत विवरण आउन बाँकी छ”, सिन्धुली प्रवक्ता खत्रीले भने, “अप्रेशन छिट्टै सफल हुन्छ।”
अपहरणमा परेका प्रअ भण्डारीलाई प्रहरीले तीनपाटक गाउँपालिका वडा नम्बर-८ कै लायोगाउँको खानीपाखा जङ्गलबाट सकुशल उद्धार गरेको छ।
तर, उनी जाहेरी दिन सदरमुकाम सिन्धुली आउन मानेका छैनन्। नमानेपछि अपहरण भएको क्षेत्रमै जिल्ला प्रहरी कार्यालयबाट मुद्दा फाँटको टोली कागज गर्न पुगेको छ।
.jpg)
जाहेरी दिन प्रअ भण्डारी नआएपछि अपहरणका किन गरे भन्ने खुल्न नसकेको प्रवक्ता खत्रीले बताए।
“बोलाउँदा उहाँ आउन मान्नु भएको छैन, त्यो ठाउँ जिल्लाकै विकट ठाउँ हो, फोन सम्पर्क पनि राम्रो हुँदैन”, डीएसपी खत्रीले भने, “हाम्रो प्रहरी टोली पनि आइपुगेको छैन र त्यसले गर्दा अपहरण किन भयो भन्ने खुलेको छैन।”
प्रअ भण्डारी शनिबार बिहान १० बजेतिर विद्यालय परिसरबाट अहपरणमा परेका थिए। उनी विद्यालयमा छात्रावृत्ति वितरण गरिरहेको अवस्थामा नचिनेका १०/१२ जनाको समूहबाट अपहरणमा परेका हुन्।